महेन्द्रनगर । वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले मोटरसाईकल दुर्घटनामा घाईते भएका किशोर र किशोरीलाई उद्धार गरी उपचारका लागि आफैले गाडीमा हालेर महाकाली अस्पतालमा पुय्राएका छन् । पुनरवास नगरपालिका १० विकास बस्तीका वर्ष १९ का रमेश राना र धनगढी उपमहानगरपालिका ११ घुरसुवा १८ वर्षीया युवती सन्तोषी राना विहिवार मोटरसाईकल दुर्घटनामा परी घाईते भएका थिए । लामो समयदेखी सडक मै अलपत्र रहेको अवस्थामा अन्य कसैले पनि उनिहरुको उद्धार नगरेको र सबैले आफनो फोनबाट भिडियो खिच्ने, फोटो खिच्ने काम मात्रै गरे कसैले उद्धार गरेन घाईते सन्तोषीले बताईन् ।
विहिवार उपप्रमुख सहित भीमदत्त नगरपाकिला वडा नम्वर २ का वडा सदस्य नरेश बहादुर कुँवर, वेदकोट नगरका नेपाली काँग्रेसका नगर सहसचिव लक्ष्मी पातली कार्यपालिका सदस्य पार्वती विष्ट लगायतको टोली कृष्णपुरमा एक कार्यक्रममा सहभागीका लागी जाँदै गर्दा अर्जुनी व्यारेकको बिच जंगलमा मोटरसाईकल दुर्घटना भएर दुवै जना अलपत्र रहेको अवस्थामा उनिहरुको उद्धार गरिएको उउप्रमुख जोशीले बताईन् ।सडकको छेउमा घाईतेहरु पिडाले छटपटाई रहेको अवस्थामा उपप्रमुख जोशीको टोलीले उनिहरुको उद्धार गरेको हो ।
घाईते रमेशले आफुहरु बाँच्दैनौ जस्तै लागेको थियो, तर उहाँहरुको टोलीले आफै उद्धार गरेर आफनै गाडीमा राखेर अस्पताल सम्म उपचारका लागि पुगाएकोमा उनले धन्यवाद व्यक्त गरे, जब अस्पताल पुगे अनी मात्र अब केही हुँदैन बाचिन्छ जस्तो लागेको उनले बताए । यता उपप्रमुख जोशीले मानवताको नाता सबैमा हुनुपर्ने बताईन् । दुर्घटना भएर अलपत्र परेका जो कोही पनि हुन पहिला उनिहरुलाई उपचार गराउने वातावरण हुनुपर्ने बताईन् ।
आफुहरुले समयमै उनिहरुको उद्धार गर्न पाएर अस्पताल सम्म सकुसल पुय्राउन पाउँदा खुशी लागेको उनले बताईन् । दैनिक सडकमा सयौको संख्यानमा दुर्घटना भएका हुन्छन तर उनिहरुलाई बचाउन र उद्धारमा खटिनु पर्ने फोटोे भिडियो खिचेर मात्रै मानवता नहुने उनले बताईन् । जिल्ला प्रहरी कार्यालयले उनिहरुको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने जनाएको छ । प्रहरलिे उक्त विषयमा थप अनुसन्धान गरिरहेको छ ।
Comments are closed.