महेन्द्रनगर । परराष्ट्र मन्त्री एनपी साउदले कुनै एक ब्यक्तिको स्वार्थका लागि नभएर निष्पक्ष र सत्य तथ्य सहितको समाचार सम्प्रेषण गरेपछि मात्र समाज र सिंगो देशको विकास हुने कुरा बताउनु भएको छ । शुक्रबार सम्पन्न भएको नेपाल प्रेस युनियन कञ्चनपुरको सातौ जिल्ला अधिबेशन कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै उक्त कुरा बताउनु भएको हो ।
साथै नेपाल प्रेस युनियन नेपाली कांग्रेश पार्टीका लागि बलियो संगठन रहेको र यसको जग स्वर्गिय पुर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले बसालेको बताउनु भएको छ । यसैगरी नेपाली कांग्रेशकी केन्द्रिय सदस्य डा।जीवन रानाले अरु देशमा पत्रकार बन्नका लागि पत्रकारिता पढाई गर्नु पर्छ तर नेपालमा केही दिन तालिम लिएर पनि पत्रकार हुन पाइने कुरा बताउनु भएको छ । साथै समाचार लेख्ने बेला जतिखेर पनि बिचार पुर्याएर लेख्नु पर्ने सुझाव दिनु भएको छ ।
यस्तै नेपाली कांग्रेशका केन्द्रिय सदस्य यज्ञराज जोशीले आफु पहिला पञ्चायत कालमा पत्रकारिता गर्दा निकै समस्या झेलेको भएपनि अहिले धेरै सजिलो भएको कुरा बताउनु भएको छ । यस्तै सुदुरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीले समाचार कसैको दबाबमा परी नलेख्ने र अरुलाई असर पर्ने किसिमको नहुनु पर्ने कुरा बताउनु भएको छ । भिमदत्त नगरपालिकाकी नगर उपप्रमुख निलम लेखक जोशीले बिबादीत समाचार लेख्दा दुबै पक्षको धारणा समेटेर मात्र लेख्नु पर्ने बताउनु भएको छ ।
यसैगरी नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिब लम्सालले युनियनलाई लोकतान्त्रिक तथा प्रजातान्त्रिक रुपमा अगाडी बढनको लागि प्रेरणा दिने संगठनको रुपमा लिएको बताउनु भएको छ । सातौ जिल्ला अधिबेशन नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष अमर बहादुर चन्दको सभापतित्वमा सम्पन्न भएको छ भने स्वागत प्रेस युनियनका उपाध्यक्ष दानसिंह डंगौराले गरेका थिए ।
जिल्ला अधिबेशनमा नेपाली कांग्रेशका नेता, कार्यकर्ता, शुभचिन्तक, प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरका पत्रकारहरुको उपस्थिती रहेको थियो । अहिले नेपाल प्रेस युनियन कञ्चनपुरको नया कार्य समिति चयनका लागि बन्द शत्र भइरहेको छ ।
Comments are closed.