कृष्णपुर नगरपालिकामा दोस्रो राष्ट्रिय बाल सहभागिता दिवस मनाइयो

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा दोस्रो राष्ट्रिय बाल सहभागिता दिवस भव्यताका साथ मनाईएको छ । नेपालको सर्वोच्च अदालतले २०५८ श्रावण २५ गतेका दिन बालबालिका संगठित हुन पाउने अधिकारलाई कानुनी मान्यताको फैसला गरेको दिनको सम्झनामा दोस्रो राष्ट्रिय बाल सहभागिता दिवस मनाईएको हो ।

बालबालिकाको क्षेत्रमा कार्यरत सामाजिक संस्थाहरुको साँझा संगठन कन्सोर्टियमले गतबर्ष देखी मनाउन थालेको राष्ट्रिय बाल सहभागिता दिवस कृष्णपुर नगरपालिका यस पटक दोस्रो राष्ट्रिय बाल सहभागिता दिवसको रुपमा मनाईएको छ । महिला तथा बालबालिका शाखा कृष्णपुर नगरपालिकाको आयोजना तथा नेपाल राष्टिय समाज कल्याण संघको समन्वयमा मनाइएको सो दिवसमा कृष्णपुर नगरपालिकाका सबै वडाका बाल कल्वका प्रतिनिधिहरु, बाल संजालका प्रतिनिधिहरुको सहभागीतामा मनाईएको थियो ।

सो दिवसमा मुख्य गरि एक अन्र्तक्रिया कार्यक्रम र बाल सहभागीता कार्य विधि निर्माणका लागि नगरपालिकालाई १ ज्ञापन पत्र बुझाउन कार्य सम्पन्न भएको थियो । कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रौपदी रानाको प्रमुख आथित्यतामा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममै सहभागी बालकल्बका टोलीहरुले उपमेयर मार्फत नगर प्रमुखलाई १ वुँदे बाल सहभागिता सम्वन्धि कार्य विधि निर्माणका लागि ज्ञापन पत्र बुझाएका थिए ।

महिला तथा बालबालिका शाखा प्रमुख तथा अधिकृतहरु, नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यक्रम संयोजक तथा कर्मचारीहरु, वल्र्ड भिजन ईन्टरनेसनल नेपालका फिल्ड संयोजक लगायत बालकल्बका पदाधिकारीहरु, बाल संजालका पदाधिकारीहरु सहभागी भएको सो कार्यक्रममा सहभागी बालकल्वका सदस्यहरु सबैले बालअधिकार सुनिश्चिताका लागि स्थानिय सरकार संवेदनशिल र जिम्मेवार हुनु पर्ने र त्यसका लागि यथासिघ्र बाल सहभागिता सम्वन्धि कार्य विधि निर्माणका लागि जोडदार माग राख्छौ भनेर आफना बिचारहरु व्यक्त गरेका थिए ।

 

सम्बन्धित

Comments are closed.