महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेका १५ वटा सामुदायिक बिद्यालयहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको छ नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरले वल्र्ड भिजन ईन्टरनेसनल नेपालको साँझेदारी सहयोगमा ४ लाख ८० हजार बराबरका शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।
कृष्णपुर नगरपालिकामा संचालन गर्दै आइरहेको समावेशी गुणस्तरिय शिक्षा परियोजना अन्र्तगत नगर प्रमुख हेमराज ओझा मार्फत कृष्णपुर नगरपालिका कञ्चनपुरका १५ वटा विद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, वल्र्ड भिजनका प्रतिनिधि सुरज शर्मा लगायत लक्षित विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितिमा शैक्षिक सामग्रीहरु वितरण गरिएको संस्थाका कार्यक्रम संयोेजक रामेश्वर जैरुले जानकारी दिएका छन् ।
परियोजनाले सहकार्य गरिरहेका १५ विधालय मध्ये ५ वटा विद्यालयका बालविकास केन्द्रहरुलाई प्रति केन्द्र ६ का दरले ३० वटा सिकाई कुना र्याकहरु र ५ वटा जुत्ता राख्ने र्याकहरु, १५ वटै विद्यालयमा कक्षा १ र २ का लागि प्रतिविद्यालय २ वटा किताव र्याकहरु गरि ३० वटा किताव र्याकहरु र ७ वटा विद्यालयहरुलाई बाल सहज सिकाई शैक्षिक सामाग्री ईसिडी सामग्रीहरु नगर प्रमुखद्धारा हस्तान्त्रण गरिएको उनले बताए ।
आधारभूत तहमा अध्ययनरत अति जोखिममा रहेका बालबालिकाहरुको समावेशी र गुणस्तरिय शिक्षामा समता मुलक पहुँचमा सुधार ल्याउने लक्ष्यका साथ कार्यक्रम संचालन रहेको उनले बताए । कृष्णपुरका ५ वटा वडामा संचालन भइरहेको सो परियोजना मार्फत वितरण भएका शैक्षिक सामाग्रीले समावेशी शिक्षा र विधार्थीहरुको दिगो सिकाईमा टेवा पुरयाउने विश्वास रहेको आयोजक संस्थाका कार्यक्रम संयोेजक जैरुले बताए ।
Comments are closed.