महाकाली सिचाई प्रणाली जल उपभोक्ता संघ ब्लक डीको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर । महाकाली सिचाई प्रणाली जल उपभोक्ता संघ ब्लक डीको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । वेदकोट नगरपालिका ७ मन्दिरपुरमा आज एक भव्य कार्यक्रमको आयोजना गर्दै २२ औँ वार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथीमा जल उपभोक्ता संघका केन्द्रिय अध्यक्ष भिम बहादुर थापाले प्रथम चरण द्धितिय लगायतका ब्लकमा आवस्यक पर्ने बजेट निकै न्युन रहेको र सिचाई नहरको मर्मतमा पनि नपुग्ने भएकाले व्यवस्थापन कार्यालयसंग आवस्यक बजेटको माग गरी सबैलाई पुग्ने गरी बजेटको माग गरिने बताए । ब्लकका उपभोक्ताहरुले राम्रो काम गरेको उनले बताए ।

डी ब्लकमा ४७ वटा कुलाहरु रहेको र ती कुलोहरुको व्यवस्थापन, सरसफाई मर्मतमा पनि बजेट अपुग रहेको कार्यक्रमका सभाध्यक्ष एवम महाकाली सिचाई जल उपभोक्ता संघ ब्लक डि अध्यक्ष आनसिंह विष्टले बताए । अहिले कुलोको चौडाई ७ देखी ८ मिटरको रहने भएपनि टर्सरीे पछिल्लो समय स्थानियहरुले तथा स्थानिय सरकारले कुलो अतिक्रमण गर्दै गएको र टर्सरी नाश भएर पानीको मात्रा घटने अन्न उत्पादनमा कमी हुने उनले बताए । साथै नगरपालिका स्थानियहरुले आफनो घरबाट निश्कने फोहरहरु सबै नहर टर्सरीमा फालिदिने गर्नाले पनि समस्या भएको उनले बताए ।

स्थानिय सरकारले महाकाली सिचाई संग समन्वय नगरी विकासका कार्यक्रम गर्ने जस्ले गर्दा टर्सरीमा असर पुग्ने समस्या रहेको उनले बताए । विशिष्ट अतिथीमा महाकाली सिचाई प्रणाली जल उपभोक्ताका क्षेत्रिय अध्यक्ष गंगादत्त भट्ट, महाकाली सिचाई प्रणाली जल उपभोक्ता संघ ब्लक डीका कोषध्यक्ष राजकुमारी डगौराले आर्थिक वर्ष २०७९÷८० को आयव्यव विवरण प्रस्तुत गरेकी थिईन् भने, कार्यक्रम संचालन समितीका सचिव अशोक दत्त भट्टले गरेका थिए । यस्तै प्रतिवेदन महासचिव तिर्थराज उप्रेतीले प्रस्तुत गरेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.