महेन्द्रनगर । वेदकोट नगरपालिका ६ मा रहेको सिद्धनाथ कृषि सहकारी सस्थाले आफनो उदघाटन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी एवम परराष्ट्र मन्त्री एनपी सावदबाट सिद्धनाथ कृषि सहकारी सस्थाको उदघाटन गरिएको हो ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सावदले सहकारी संस्थाहरु मत्र खोलेर नहुने यसको दिगोपना जनता स्थानिय, उपभोक्ता लक्षित कार्यक्रमहरु पनि ल्याउने संचालन गर्ने, र संस्थालाई कसरी गतिशिलता दिन सकिन्छ भन्ने कुरा महत्वपूर्ण रहेको बताए । संस्था खोलिसके पछि उदाहरणिय बन्ने र आफनो पनि आत्मबल बढाएर संस्थाको र उपभोक्ताहरुको सबलिकरणमा पनि ध्यान दिन सके संस्था कहिले पनि नमर्ने सदैव जिवन्त रहीसंचालनमा रहने बताए ।
साथै संस्थाको विकासका लागी राज्य पक्षबाट गरिने सहयोगमा आफु प्रतिबद्ध रहेर साथ दिने बताए । आफुलाई यो कार्यक्रममा बोलाएर आफनोपन महसुस भएको र आफु टाढा नभएको जती बेलामा समस्यामा परेको बेलामा तत्पर भएर साथमा रहेको बताए । यस्तै वेदकोट नगरपालिकालका प्रमुख भोजराज बोहराले सहकारीको उज्जवल भविश्यको कामना गर्दै पालिकाले गर्ने सहयोगका लागी साथ रहने बताए ।
साथै उनले आफनो लक्ष्य अनुरुप कार्य गरी सक्षम भई सफल हुन आग्रह गरे, यस्तै पालिकाका नगरउपप्रमुख तुलसी जोशीले पालिकामा रहेको विभीन्न समस्याको बारेमा परराष्ट्र मन्त्री एनपी सावदलाई जानकारी दिईन । अहिले बाढीबाट पालिकाका बिभिन्न क्षेत्रहरुमा कटानी भएको र लिंगा, चथहरी लगायतका क्षेत्रमा काम गर्नुपर्ने र आवस्यक सहयोगका लागि मन्त्री सावदलाई उनले आग्रह गरिन । यस्तै,पालिकाको वडा नम्वर ९ र १० मा जमिनको समस्याको विषयमा जानकारी गराउँदै उक्त विषयलाई गम्भिरताको साथमा लिएर समस्याको समाधान गरिदिन मन्त्री सावदसंग आग्रह गरिन कार्यक्रमको सभापतीमा सहकारीका अध्यक्ष भोजराज भट्ट रहेका थिए ।
Comments are closed.