महेन्द्रनगर । कञ्चनपुरमा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि कुटपिट गर्ने समुह माथी ज्यान मार्ने उद्योगमा उजुरी हालिएको छ । शनिबार जिल्लाको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि कुटपिट भएको थियो ।
नेकपा एमाले कञ्चनपुरका पार्टी सचिवालय सदस्य एवम वडाध्यक्ष रविन्द्र देवकोटाको आमा कमलादेवी देवकोटाले ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा हालेको बताईन् । शनिवार जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गनृ पनि समस्या भएको र जिल्ला का प्रमुख जिल्ला अधिकारलाई जानकारी गराएपछि मात्रै दर्ता भएको उनले बताईन् । ५० देखी ६० जनाको समुह मिलेर मार्न खोजेको तर भाग्य राम्रो भएर मात्रै आफनो छोरा बाच्न सफल भएको उनले बताईन् ।
अहिले पनि उनको नाक, कानबाट रगत आई रहेको र बान्ता पनि भईरहेको आमा कमला देवकोटाले बताईन् । अहिले उनको माया मेट्रोमा उपचार भईरहेको र काठमाण्डौ लैजाने तैयारी भईरहेको उनले बताईन् । उनले प्रहरीले दोषीलाई पक्राउ गर्न लापरवाही गरेको बताईन् । प्रहरीले तदारुकता देखाएको भए सबै तत्काल पक्राउ पर्न सक्ने उनले बताईन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कमल थापाले राष्ट्रिय युवा संघ नेपालको आन्तरिक किचलोका कारण देवकोटामाथि कुटपिट भएको जानकारी दिएका छन् ।
देवकोटाको टाउकोमा, छातीमा मुखमा चोट लागेका छ । एसपी थापाले अहिले देवकोटाको पक्षबाट ८ जनाविरुद्ध उजुरी आएको र उनीहरुको खोजी सुरु गरिएको बताए । संगठनभित्रको विवादका कारण कुटपिट भएको भनिएपनि घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.