महेन्द्रनगर । कैलालीमा लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । अत्तरियाबाट आगुऔषधसहित २ जना गोदावरी नगरपालिका बाट २ जना गरी प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियाबाट लागुऔषधसहित २ जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको टोलिले अत्तरिया पहाड रोडस्थित एक होटलमा काम गर्ने बैतडीको सिगास गाउँपालिका वडा नम्बर २ का १८ वर्षिय दिपेश धामीलाई पक्राउ गरेको थियो । उनलाई थप सोधपुछ गर्दा गोदावरी नगरपालिका वडा नम्बर का ३६ वर्षिय बसन्त खत्री पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । धामीको साथबाट १६० मिलीग्राम लागुऔषध फेला परेको थियो ।
धामीले दिएको बयानका आधारमा पक्राउ परेका खत्रीको साथबाट ९८० मिलीग्राम लागुु औषध बरामद गरिएको हो । दुवै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कैलालीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेबाट लागुऔषधसहित २ जना पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार शनिवार साँझ पश्चिमबाट पूर्व जाँदै गरेको सुपप्र ०१०११ प ८७३५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा चालक वर्दगोरिया गाउँपालिका वडा नम्बर १ का २३ वर्षिय रिजनकुमार बुढा र मोटरसाइकलमा सवार वर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का २३ वर्षिय चेतन पौडेल लागुऔषधसहित पक्राउ परेका छन् ।
उनले पोष्टबाट प्रहरी सहायक निरिक्षक धर्मराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले मोटरसाइकल चेकजाँच गर्दा पौडेलको साथबाट १ ग्राम ३४० मिलीग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.