महेन्द्रनगर । कञ्चनपुरमा शिक्षकहरु आन्दोलित भएका छन् । मंगलवार शिक्षा विकास तथा समन्वय इकाई कंचनपुरको कार्यालयमा सयौको संख्यामा शिक्षकहरुले धर्ना दिएका छन् । सरकारले सामुदायिक विद्यालयमा कार्यरत सवै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको हित विपरित ल्याएको शिक्षा एनको मस्यौदा विरुद्धमा सुदुर पश्चिमका सवै जिल्ला शिक्षा समन्वय कार्यालयमा धर्ना तथा शान्तीपुर्ण धर्ना दिईएको नेपाल राहत शिक्षक समिति केन्द्रीय वरिष्ठ सह अध्यक्ष नवीन सिंह धामीले बताएका छन ।
नेपालमा ५२ वर्ष पछि २०२८ सालको शिक्षा ऐनलाई प्रतिस्थापन गर्नका लागि अहिले शिक्षा ऐन भनिएपनि विद्यालय शिक्षा विधयेकका रुपमा क्याविनेटबाट प्रस्ताव पास गर्ने कार्य भईरहेको छ उक्त विषयमा सरोकारवालाहरु संग कुनै पनि समन्वय नगरी नेपाली शिक्षकहरुको स्वाभिमानको विरुद्धमा आएको भन्दै आन्दोलनमा आएको उनले बताए ।
समग्र शिक्षकहरुको पेशागत हक अधिकारलाई कुण्ठित पारेर लोकतन्त्रमा नसुहाउने, शिक्षकहरुले बोल्न नपाउने, शिक्षकले संगठित हुन नपाउने निरङकुश शैलीमा पेशागत शिक्षकलाई असुरक्षित महसुस गराउने खालको कालो मस्यौदा आएको उनले बताए । प्रस्तावित संघीय शिक्षा ऐन २०८० को बिरूद्धमा नेपाल शिक्षक महासंघले घोषणा गरेको आजकै मितिमा देशव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत कंचनपुर जिल्लाका शिक्षकहरूले सदरमुकाम महेन्द्रनगरमा बिशाल नगर परिक्रमा गरि शिक्षा विकास तथा समन्वय इकाई कंचनपुरको कार्यालयमा धर्ना दिएको छ ।
कञ्चनपुर जिल्लामा २ सय ५९ सरकारी विद्यालय र २ सय ६३ निजि विद्यालय रहेका छन भने करिव ४ हजार ६ सयको हाराहारीमा शिक्षक शिक्षिकाहरु रहेका छन । आन्दोलित शिक्षकहरुले सरकारले ल्याउदै गरेको शिक्षा ऐन परिमार्जित सहित शिक्षक महासंघले अघि सारेका ३० बुदे र ५० बुदे सुझाव अनुरुप अघि नवढे शान्तिपुर्ण आन्दोलनले उग्र रुप लिने बन्द देखि हड्ताल सम्म गरिने उनिहरुले चेतावनी दिएका छन् ।
पहिलो चरणको आन्दोलनले पनि केही सनसवाई नभएको खण्डमा देशैभरका शिक्षकहरुलाई काठमाण्डौमा उतारेर आन्दोलनको आँधीबेरी ल्याउने उनिहरुले बताएका छन् ।