महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देवकोटालाई आक्रमण गर्ने व्यक्तीहरुलाई प्रहरीले पक्राउ गर्न ढिलाई गरिरहेको भन्दै अखिल नेपाल महिला संघले ज्ञापनपत्र बुझाएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई जिल्ला प्रशासन कार्यालयमा अखिल नेपाल महिला संघमा आवद्ध महिलाहरु लगायत देवकोटाका परिवारका सदस्यहरुले आवस्यक कारवाही गरी पाँउ भन्दै पत्र बुझाएका हुन् ।
देवकोटाकी आमा कमला देवकोटाले ८ जनाको नाममा ज्यान मार्ने उजुरी जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता हुँदा पनि सो घटनाका दोषीहरुलाई कार्वाही गर्नको साटो प्रहरी मौन बसेको र तत्काल निज संलग्नहरुलाई पक्राउ गरी कानुन अनुरुप कडा भन्दा कडा कारवाही गर्न आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले साँघातिक रुपमा शरिरमा हानी हुने खालको घटनामा संलग्नलाई बचाउन भन्ने नहुने र सबैलाई कानुनी रुपमा कार्वाही गरिने उनले बताए ।
साथै सबैले साथ र सहयोग गय्रो भने सबै पक्राउ पर्ने र कानुन अनुरुप कार्वाही हुने उनले बताए । अनुसन्धान अगाढ िबढेको र फरार रहेकाहरुको खोजी भईरहेको उनले बताए । यता, नेकपा एमाले कञ्चनपुरले राष्ट्रिय युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा कुटपिट गर्ने ७ जनालाई पार्टी सदस्य नरहने गरी निष्कासन गरेको छ । मंगलवार प्रेस वक्तव्य जारी गर्दै जिल्ला कमिटी कार्यबाहक अध्यक्ष लक्ष्मी बुढाले सोमवार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले निष्कासनको निर्णय गरेको जानकारी दिइन् ।
बैठकले जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी र केशव चन्द तथा प्रबिन बोगटी, रोहित कुँवर र नविन चन्दलाई पार्टी सदस्य नरहने गरी निष्कासित गरेको छ । बैठकले कुटपिटलाई सांघातिक र बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानूनबमोजिम कारवाही गर्न प्रशासनलाई आग्रह गरेको छ ।
अधिवेशनको बन्दसत्र चलिरहेका बेला निर्वाचन समितिको निर्णयअनुसार निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष समेत रहेका पार्टी जिल्ला कमिटी सदस्य रविन्द्रप्रसाद देवकोटामाथि कुटपिट भएको थियो । घाइते देवकोटाको काठमाडौंमा उपचार भइरहेको छ ।
Comments are closed.