महेन्द्रनगर । डडेल्धुराको परशुराम नगरपालिका १२ आमपानी बस्ने १४ वर्षीया अमृता राउटे मृत फेला परेकी छिन् । बुधबार बिहान मृत फेला परेकी हुन् । उनी रंगुन नदीको किनाराको तटबन्धमा मृत फेला परेकी हुन्।
हिजो मंगलबार दिउँसो घरबाट माछा मार्न भनि खोला तिर गएकी अमृता अबेरसम्म घर नआएपछि उनको खोजी गरिएको थियो। खोजीकै क्रममा उनको शव आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त बडुले बताएका छन्।
बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको उनले बताए। घटनाकोबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Comments are closed.