भीमदत्त नगरपालिका ८ ले निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने

महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ लाई उद्योग वाणिज्य संघले एम्बुलेन्स हस्तान्तरण गरेको छ । बुधवार एक कार्यक्रम गर्दै उद्योग वाणिज्य संघले वडालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । अस्पतालको पहुँचबाट टाढा रहेको वडामा बिरामी, सुत्केरी, सर्पदंश, जेष्ठ नागरिकहरुलाई उपचारमा सहज होस भन्नाका लागी वडाले गरेको माग अनुरुप आफुहरुले एम्बुलेन्स वडालाई हस्तान्तरण गरिएको उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले जानकारी दिएका छन् ।

वडा नम्वर ३, ७, ८, ९ र १० का स्थानियहरुलाई उपचार गर्न महाकाली अस्पताल लगायत अन्यत्र जानका लागि समस्या भएको भनेर आएको अनुरोधलाई मध्य नजर गर्दै स्थतानिहरुको स्वास्थ्य सेवामा सहज तवरले पहुँच पुय्राउनका लागी कार्य समितकिो वैठक बसाएर निर्णय पश्चात एम्बुलेन्स सहयोग गरिएको उनले बताए । आफनो वडा विकटको रुपमा रहेको र आफना वडामा एम्बुलेन्स आएको प्रती स्थानियहरुले खुशी व्यक्त गरेका छन् ।

विगतका दिनमा ईमरजेन्सी बिरामीहरुलाई उपचार गर्न लैजान समस्या भएको र विशेष गरेर सुत्केरी महिला, सर्पदंशका बिरामी लगायतलाई तुरुन्तै अस्पताल पुय्राउन समस्या हुँदै आएको थियो, तर अब सबैलाई उपचार गर्न सहज हुने समयमै अस्पताल पुगी आफनो उपचार गर्न पाउने स्थानिय गोरख पुजाराले बताए ।

साथै उनले एम्बुलेन्स प्रदान गर्ने र एम्बुलेन्स ल्याउन बिषेश भुमिका खेल्ने वडा अध्यक्षलाई धन्यवाद व्यक्त गरे, व्यवस्थापन, मर्मत सम्भार, र संचालन गर्न प्रभावकारी सेवा दिन वडाले आगामी दिनमा सहज तवरले सबैको पहुँच हुने गरी एम्बुलेन्स संचालन गर्न सक्नु पर्ने उनले बताए ।

वडा अध्यक्ष्ँ मदनराज मिश्रले उद्योग वाणिज्य संघलाई आफुहरुले गरेको आग्रहलाई उद्योग वाणिज्य संघले सहजै स्विकार गरी स्थानियहरुलाई स्वास्थ्यमा सहज पहुँच पुय्राउन सहयोग गरेको प्रती धन्यवाद व्यक्त गरे, साथै स्थानिय वासिन्दाहरुलाई एम्बुलेन्स निशुल्क रुपमा संचालन गर्ने व्यवस्था गरिने वडा अध्यक्ष मिश्रले जानकारी दिएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.