महेन्द्रनगर । कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । स्थानीय वर्ष ३८ का दिनेश ओडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । इन्टरनेटको तार वा विद्युतको तार के बाट करेन्ट लाग्यो भनेर प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ ।
स्थानियहरुले अहिले गड्डाचौकी सडक खण्डमा चक्काजाम गरेका छन्। इन्टरनेट र विद्युतको दुवै तार रहेको ठाँउमा करेन्ट लागेको भन्ने खबर आएको जिला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक डिएसपी प्रकश डाँगीले जानकारी दिएका छन् ।
अहिले विद्युत र ईन्टरनेटका दुवै पक्षलाई बोलाएर थप अनुसन्धान हुने उनले बताए । बुधवार साँझ तार टाउकोमा लागेर मृत्यु भएको भन्दै आफन्त र स्थानीयले आज बिहिवार बिहानैबाट प्रदर्शन गरेका हुन्। उनीहरूले भीमदत्त नगरपालिका–५ सुकासाल अन्तर्गतको सडकमा ढुंगा राख्दै टायर बालेर चक्काजाम गरेका छन्।
जथाभावी तार छाड्ने कम्पनीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित प्रदर्शन गरेको स्थानीय विशाल कुमार तिरुवाले बताए। गड्डाचौकी सडक खण्ड अवरुद्ध हुँदा नेपाल भारत आवतजावत गर्ने यात्रुलाई सास्ती भएको छ।
Comments are closed.