महेन्द्रनगर । कञ्चनपुरमा एक हात्ती मृत फेला परेको छ । शुक्लाफाँटा नगरपालिकामा सेफ्टीटयांकीमा परेर एक जंगली हात्तीको मृत्यु भएको हो । शुक्लाफाँटा नगरपालिका वडा नम्बर–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयमा रहेको सेफ्टीटयांकीमा परेर जंगली हात्तीको मृत्यु भएको राष्ट्रिय प्रकृती संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मि जोशीले जानकारी दिएका छन् ।
गएराति सेफ्टीटयांकीमा फसेको हात्तीको त्यहाँबाट निस्किन नसकेर निस्सासिएर मृत्यु भएको हुन सकने उनले बताए । हात्ती पोष्टमार्टम पनि गरिने र खाल्डो खनेर जमिनमा गाडिने उनले बताए । मध्ये राती अन्य धेरै हात्तीहरुको आवाज स्थानियहरुले सुुनेको र धेरै हात्तीहरु आएको हुन सक्ने उनले बताए ।
मध्यवर्ती सामुदायिक वनको सेफ्टीटयांकीमा मृत अवस्थामा फेला परेको हात्तीलाई स्थानीय बासिन्दाले पुष्पगुच्छा चढाएका छन् । अहिलेसम्म हात्तीलाई सेफ्टीट्यांकीबाट निकालिएको छ ।