महेन्द्रनगर । वेदकोट नगरपालिकाले बजार अनुगमन गरेको छ । पालिकाको नियमित अनुगन अन्त्रगत बिहिवार वेदकोट नगरपालिकालको सुडा बजारमा रहेको होटेल र किराना पसलहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा पेय पदार्थहरुको म्याद गुज्रेको, मसला, पाउरोटी, विस्कुट, तेल लगायतका सामग्रीहरु बरामद गरी नष्ट गरिएको छ ।
उक्त सामग्रीहरुलाई पालिकाको परिसर भित्र नगर उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकिय अधिकृत पदमराज भट्ट, सुरक्षा निकाय, अनुगमन टोलीको उपश्थितीमा सामग्रहिरु नष्ट गरिएको थियो । बजार अनुगमन टोलीका संयोजक पालिकाका अधिकृत पदम बहादुर ठकुराठीको नेतृत्वमा बजार अनुगमन गरिएको थियो । अनुगमन गर्दा व्यवसायहरु दर्ता भए नभएको , म्याद गुज्रेको सामग्री, मुल्य सुची कर तिरेको नतीरेको नविकरण भए नभएको सबै अनुगमन गरिएको उनले बताए ।
साथै होटेलहरुमा सरसफाई भए नभएको, गुणस्तरिय व्यवस्थापन तथा मापन भए नभएको अनुगमन गरिएको थियो । वेदकोट नगरपालिकाको नियम अनुसार एकल अधिकार रहेको व्यवसाय करको दायरा बढाउन अभियान नै संचालन गर्ने र कडा भन्दा कडा रुपमा अनुगमन गरिने पालिकाले जनाएको छ । उपभोक्ताहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालका गतिविधी नगरी दिन व्यवसायीहरुलाई उपप्रमुख तुलसी जोशीले आग्रह गरिन् ।
उपभोक्ताहरुले पनि सामग्रीहरु खरिद गर्दाको समयमा म्याद गुज्रेको भए खरिद नगर्ने अथवा मिती हेरेर मात्रै कुनै पनि सामग्रीहरु खरिद गर्न उनले आग्रह गरिन् । पछिल्लो समय बजारमा म्याद गुज्रेका सामानहरु छयाप्छयाप्ती पाईने गरेका छन् । जस्को प्रयोगले उपभोक्ताहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने देखिएको छ ।
पालिकाले नियमित रुपमा महिनाको १ दिन अथवा २ दिनसम्म अथवा आवस्यक परेमा जुनसुकै बेलामा पनि अनुगमन गर्ने पालिकाले जनाएको छ । पालिकाले नियमित रुपमा बजार अनुगमनलाई प्राथमिकताको साथमा कार्य गरिरहेको छ । बजार अनुगमन नियमित भएपछि स्थानियहरुले खुशी व्यक्त गरेका छन् ।
Comments are closed.