मन्त्र अस्पतालको उपचार पछि यि शिशुले पाए नयाँ जिवन

महेन्द्रनगर । कञ्चनपुरमा रहेको मन्त्र अस्पतालले अति उच्च जोखिममा अर्थात बचाउन नै नसकिने अवस्थामा रहेको नवजात शिशुको सफल उपचार गरेर नयाँ जिवन दिएको छ । आमाले बच्चा पाउने मिति भन्दा केही दिन पछि बच्चालाई शल्यक्रिया गरेर निकालिएको थियो । बच्चा त निकालियो तर बच्चा अचेत अवस्थामा रुन पनि नरुने नकराउने अवस्थामा रहेको भीमदत्त नगरपालिका २ उल्टाखामकी बच्चा की आमा सुमित्रा पन्त (भट्ट) ले बताईन् । त्यसपछि मन्त्रमा ल्याएर आफनो बच्चाको उपचार भएको उनले बताईन् ।

सुमित्रा पन्त(भट्ट) ले डा. रमेश जोशीको टिम सहित अस्पतालले उपचारमा उच्च मेहनत गरेपछि छोराले पुर्नजन्म दिएको बताईन ।मन्त्र अस्पतालमा कार्यरत वाल रोग तथा नवजात शिशु रोग विशषेज्ञ डा.रमेश जोशीले बच्चा आफनो अस्पतालमा आउँदा अति नै जोखिम अवस्थामा आएको र उक्त केस आफनो जिवनमा पहिलो पटक देखेको उनले बताए ।

पहिला पनि देखेको तर बच्चाका बच्ने चान्स निकै न्युन मात्रामा रहने र बच्चाहरुको मृत्यु भएको देखेको उनले बताए । तर यो केशमा आफुहरुले निकै मिहिनेत गरेर सक्ने जती प्रयाश गरेर बच्चालाई स्वस्थ्य राख्न सफल भएको उनले बताए । बच्चाको मुखभित्र दिसा पसेकाले फोक्सोमा समस्या देखिए पछि स्स्वास प्रश्वासमा समस्या भएको उनले बताए । ‘अस्पतालमा ल्याउँदा शिशुले दिशा खाएर फोक्सोमा समस्या देखियो, श्वाँस प्रश्वासमा समेत समस्या देखिएको थियो, ‘डा. जोशीले भने, ‘यस्ता केस कमै मात्रामा सफल हुन्छन, यो त अति नै जटिल थियो, तैपनि हाम्रो टिमले उच्च साहसका साथ उपचार अघि बढाए ।

’ २४ घण्टाभित्रै काठमाण्डौँमा औषधी मगाएर शिशुको सातदिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि (बिहीबार) २२औँ दिनमा अस्पतालले डिस्चार्ज गरेको डा. जोशीले बताए । मन्त्र अस्पतालका मेडिकल डाईरेक्टर डा. गोविन्द रोकायाले डा. रमेश जोशी नेतृत्वमा अस्पतालको टिम, घर परिवारको साथले उपचारमा सहज वातावरण भएकाले समेत शिशुलाई बचाउन सफल भएको बताए । ‘जन्मिदै शुरुमै शिशुको अवस्था जटिल थियो, ‘उनले भने, ‘अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मीको नियमित अथक प्रयासबाट बाबुको सफल उपचार भयो, ‘प्रायजसो यस्ता केश कमै मात्रामा सफल हुन्छन, ‘डा. रोकायाले भने, ‘हामीले अन्य शिशु भर्ना नगरेरै पनि उसै शिशुमा ध्यान दिएर उपचार केन्द्रीत गरेका थियौँ ।’

अस्पतालले सहुलियतमा उपचार गरिदिएको उनले बताए । जन्मिदै उच्च जोखिममा परेका शिशुको आसै मारेको भट्ट परिवार अहिले हर्षित भएको छ । म र मेरो परिवार खुसी छौँ ।’मन्त्र अस्पतालका निर्देशक डा.गोबिन्द रोकायाले अति जटिल रुपमा आएका नवराज शिशु बिरामीको डा. रमेश जोशी नेतृत्वको स्वास्थ्यकर्मी सहित अस्पताल टिमले बचाउन सफल भएको बताए । जोखिममा रहेका शिशुको सफल उपचार भएपछि मन्त्र अस्पतालप्रति बिरामीको जनविश्वास समेत बढ्दै गएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.