महेन्द्रनगर । कञ्चनपुरको एक विद्यालयका विद्यार्थीहरुले आफनो खाजा खर्चबाट केही अंश बचत गरेर अनाथालयमा रहेका बालकहरुलाई खाजा, फलफुलहरु वितरण गरिएको छ । रेडियन्ट माध्यामिक विद्यालयका बिद्यार्थीहरुले महाकाली बाल अनाथालयमा रहेका बालकलाई खाजा तथा फलफुल वितरण गरेका छन् । आफनो खाजाको केही रकमलाई बचाएर अनाथालयमा रहेका बालकहरुलाई खाजा तथा फलफुल वितराण गरेका हुन् ।
शुक्रवार ओल्के पर्व पनि परेकाले उनिहरुले अनाथालयमा रहेको २३ जना बालकहरुलाई फलफुल खाजा वितरण गरेको बिद्यालयका प्रधानाध्यापक सुर्य बहादुर चन्दले जानकारी दिएका छन् । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले आफनो खाजा खर्चबाट केही रकम बचाएर आफनो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्धेश्यले अनाथालयमा रहेका बालकलाई सहयोग गरेको उनले बताए ।
सामाजिक अध्ययन अन्र्तगत बिद्यार्थीहरुलाई समाजमा रहेका अपाङ, असाहय, अनाथ, वृद्ध व्यक्तिहरुलाईआफुले सक्दो सहयोग गर्नुपर्ने सिकाई पनि हुने भएकाले आफनो व्यवहारमा उक्त कुरा लागु गर्न पनि यो कार्य गरिएको प्रधानाध्यापक चन्दले बताए ।
विद्यार्थीको यो कार्यमा उक्त विद्यालयका विज्ञान शिक्षक शिक्षिकाले पनि सहयोग गरेको विद्यालयमा कार्यरत विज्ञान शिक्षक गणेश विष्टले बताए । विद्यार्थी सन्जु शाहीले आफुहरुले खाजा वाफतको केही अंशको खर्च बचाएर बाँकी रहेको रकमलाई अनाथ बालकहरुको सहयोगका लागी खर्च गरिउको उनतले बताईन साथै यस्ता सामाजिक कार्यमा अन्य विद्यार्थीहरुले पनि सिको गरुन र सबैले यस्ता समाजमा रहेका विपन्न अपाङ, वृद्धहरुलाई सहयोग गर्नु पर्दछ भन्ने सन्देश पनि दिन यो कार्य गरिएको उनले बताईन् ।
Comments are closed.