नेपाल परिवार नियोजन संघ कञ्चनपुरद्धारा आधुनिक एम्बुलेन्स संचालनमा

महेन्द्रनगर । नेपाल परिवार नियोजन संघ कञ्चनपुरले आधुनिक एम्बुलेन्स को आज एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै अत्याधुनिक सुविधा भएको एम्बुलेन्स संचालनमा ल्याएको नेपाल परिवार नियोजन संघले जनाएको छ ।

विगतदेखि नै एम्बुलेन्स सेवा प्रदान गर्दै आएको परिवार नियोजन संघले आधुनिक एम्बुलेन्स संचालनमा ल्याएको हो । नेपाल भारत सहयोग मार्फत भारतीय दुताबास मार्फत प्रांप्त भएको एम्बुलेन्स संचालनमा ल्याएको नेपाल परिवार नियोजन संघ शाखा कञ्चनपुरका अध्यक्ष गजेन्द्रदेव लेखकले जानकारी दिएका छन् ।

संघलाई प्राप्त भएको एम्बुलेन्स बिरामीलाई स्तरिय सेवा दिईने उनले बताए । भीमदत्त नगरका प्रमुख पदम बोगटीले बिरामीहरुलाई उनिहरुको सहजता अनुरुप एम्बुलेन्स संचालन गरिनु पर्ने बताए ।

साथै परिवार नियोजन संघ र भीमदत्त नगरपालिका बिच बिगतका दिनमा पनि धेरै स्वास्थ्य उपकरण सहयोगमा होस वा अन्य कार्यक्रममा सहकार्य गरिएको र आगामी दिनहरुमा पनि पालिकाले सहकार्य र समन्वय गरे सहयोग गर्ने उनले बताए ।

सम्बन्धित

Comments are closed.