महेन्द्रनगर । भीमदत्त नगरपालिका १० सुकासालका ३८ बर्षिया दिनेश ओडको परिवारलाई क्षतीपूर्ती दिइएको छ । ३१ साउन साँझ ६ बजेतिर करेन्ट लागेर मृत्यु ओडको मृत्यु भएको थियो । करेन्ट लागेर मृत्यु भएका सुकासालका ओडको परिवारलाई नेपाल विद्युत प्राधिकरण, डिसहोम अप्टीनेट सलुसन प्रालिले क्षतिपूर्ति दिईएको हो । सुकासाल चौराह क्षेत्रमा विद्युतको पालमा तार झुण्डिएर पैदल यात्रा गरिरहेका दिनेशको मृत्यु भएपछि मृतक परिवार आफन्त आन्दोलित भएका थिए ।
शुक्रबार पीडित पक्षसंग नेपाल विद्युत प्राधिकरण र फाईबर नेटका संचालकविच सहमती भएको छ । पीडित पक्ष र विद्युत, फाईबर नेटका संचालक एव अधिकारीसंग वार्ता गरेर क्षतिपूर्ति पाएको परिवारका सदस्यले बताएका छन् । मृतक ओडका नाबालक सन्तानको उचित पालनपोषणका लागि डिसओमबाट १० लाख दिएको छ ।
नेपाल विद्युत प्राधिकरण मार्फत समेत क्षतिपूर्तिका लागि आवश्यक प्रकृया अघि बढाउने, मृतक परिवारका एक सदस्यलाई भीमदत्त नगरपालिकाले रोजगारी उपलब्ध गराउने, मृतक परिवारलाई रोजगारी उपलब्ध गराउन डिसहोम र विद्युत प्राधिकरणले सहयोग गर्ने, आगामी दिनमा थप घटना हुन नदिन एक सातभित्रै विद्युत र डिसहोमका तार व्यवस्थापन गर्ने सहमती भएको छ ।
Comments are closed.