महेन्द्रनगर । कैलालीबाट लागू पदार्थ सेवन लापसे गरेर सवारी चलाउने ७ जना पक्राउ परेका छन । सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले काठमाडौंबाट प्रविधियुक्त लापसे चेकिङ यन्त्र लागूऔषध परीक्षण कीट मगाएर चेकिङ थालेपछि ७ जना पक्राउ परेका बताए । उनका अनुसार कैलालीमा ट्राफिक प्रहरीलाई उक्त कीट दिएर चेकिङ गर्न लगाइएको छ ।
जसमा अहिलेसम्म शुक्रबार र शनिबार चेकिङ गरिएकोमा ७ जना समातिएका छन् । कैलाली ट्राफिकका अनुसार शुक्रबार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ बस्ने ३३ वर्षीय भीमराज अवस्थीलाई नियन्त्रणमा लिएको थियो । प्र।०३ ०१–००३ क ४८१२ नम्बरको टिप्पर चालकसमेत रहेका उनलाई धनगढीको ६ लेन सडकमा चेक गर्दा पोजेटिभ देखाएको थियो । त्यसपछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको थियो ।
यस्तै शनिबार गरिएको परीक्षणमा ६ जनालाई प्रहरीले समातेको छ । धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित मोहना अत्तरिया ६ लेन सडक खण्डमा लापसे चेक गर्दा उनीहरू समातिएका छन् । जसमा सुपप्र ०२–००१ क ४९९ नम्बरको टिप्परका चालक शुक्लाफाटा नगरपालिका–५ बस्ने वर्ष ३४ का दिवाकर भुजेल, सुपप्र ०१–००१ क ३०७४ नम्बरको टिप्परका चालक डडेल्धुरा अमरगढी नगरपालिका– ४ बस्ने वर्ष ३० का रमेश भट्टराई, बा ४ ख ५८७२ नम्बरको फोर्स चालक गोदावरी नगरपालिका–८ बस्ने वर्ष ३१ का यादव बोहरा, ना ५ ख ५४४५ नम्बरको बसका चालक गोदावरी नगरपालिका–१२ बस्ने वर्ष ३६ का महादेव जोशी
सुपप्र ०१–००१ज १२६० नम्बरको विङ्गरका चालक धनगढी उपमहानगरपालिका–३ बस्ने वर्ष २५ का बिदुस राना र सुपप्र ०२–००१ ज ०४४९ नम्बरको विङ्गरका चालक वेदकोट नगरपालिका– १० बस्ने वर्ष ३१ का अर्जुन रावल रहेका छन् । उनीहरू सबैलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ ।
Comments are closed.