महेन्द्रनगर । कञ्चनपुरमा रहेको सार्क एजुकेसन फाउन्डेसनले कक्षा ११ मा अध्ययन गर्न आएका नव आगन्तुक विद्यार्थीहरुलाई एक भव्य कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । शनिबार एक भव्य कार्यक्रमको आयोजना गर्दै विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गर्न आएका नवआगन्तुक विद्यार्थीहरुलाई कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा स्वागत गरिएको सार्क एजुकेसन फाउन्डेसनका फाउन्डर लक्ष्मण बस्नेतले जानकारी दिएका छन् ।
एउटा नयाँ संस्कृतीको विकास र कसरी साथ र सहयोग गर्ने कसरसिम्मान गर्ने भन्ने परिपाटीको सिकाई गराउनका लागी र नव आगन्तुक विद्यार्थी भाईबहिनीहरुलाई आफनै परिवारमा आएको महसुस होस भनेर यो स्वागत कार्यक्रमको आयोजना गरिएको उनले बताए । स्कुलले बहुआयामिक क्षेत्रमा विद्यार्थीलाई सहभागी गराएर शिक्षालाई व्यावहारिक प्रयोग गर्ने तर्फ जोड दिएको उनले बताए । उनले पछिल्लो समयमा बदलिएको आधुनिक युगमा समय सुधाउँदो शिक्षाको आबस्यकता रहेको र बिद्यार्थीहरुलाई कोर्स भित्र उनिहरुको सक्रियता,उनिहरुको रुची भएको अनुसार अध्ययापन हुने बताए ।
साथै कितावको कोर्सै भन्दा बाहिर आएर आफै बिभिन्न क्रियाकलापमा संलग्न भए,र आफै प्रयोगात्मक बिधीमा संलग्न गराएर उनिहरुको उज्जवल भविश्य निर्माण गर्ने रहेको उनले बताए । अहलिेको समय सापेक्ष आधुनिक , व्यावहारिक र प्राविधिक शिक्षामा बढी ध्यान दिएको फाउन्डर बस्नेतले बताए । विद्यालयका प्लस टू संयोजक राजेश भण्डारीले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा संग जोड्ने अभिप्रायले लगातार कक्षा भन्दा एक्स्ट्रा अर्डिनरी कक्षा पनि सञ्चालनमा जोड दिएको बताए ।
अहिले बिद्यालयमा विज्ञान तथा म्यानेजमेन्ट ल्यावको उत्कृष्ट व्यवस्था रहेको जसले गर्दा विद्यार्थीले पढेको कुरा प्रत्यक्ष व्यवहारमा उपयोग गर्न सजिलो भएको विद्यालयका प्लस टू संयोजक राजेश भण्डारीले बताए । अहिले विद्यालयमा पढिरहेका विद्यार्थी नै भोलिको दिन विभिन्न क्षेत्रमा प्रवेश गर्ने जनशक्ति हो र अहिले बाटै विद्यालयले विद्यार्थीको भोलि भविष्यलाई सूनिश्चित गर्ने पढाइका नयाँ तरिका अपाउँदै आयो भने उनिहरुलाई पनि भविश्यमा जिवन यापन गर्न र दक्ष बन्न असल बन्न सहज र प्रेरणा मिल्ने उनको भनाइ छ ।
Comments are closed.