डडेल्धुरामा ५ दिने राष्ट्रिय गौरा महोत्सव’ हुने

महेन्द्रनगर । डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०८०’ हुने भएको छ। सुदूरपश्चिमेलीहरूको विशेष पर्व गौराको अवसरमा विगतका वर्षहरू जस्तै यसवर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले राष्ट्रिय गौरा महोत्सव आयोजना गर्न लागेको हो। यही भदौ १७ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकामको बसपार्कमा गौरा महोत्वस आयोजना हुने आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले जनाएको छ।

महोत्सवमा प्रतिस्पर्धात्मक गौरानाच, बालो नाच, चैत, धुमारी, फाग, घुइँचम्फा, हुडकेली, महिला तथा पुरुष खुल्ला डेउडा प्रतियोगिताको आयोजना हुने राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले बताए।उनका अनुसार स्थानीय कला संस्कृतिको सम्मान तथा युवापिँढीमा हस्तान्तरण होस् भन्ने महोत्सवको उद्देश्य रहेको छ।

सुदूपश्चिमको मुख्य संस्कृतिका रूपमा भगवान तथा राजा महाजन, शक्तिशाली ठानिएका चर्चित व्यक्तिहरूका गाथा भन्दै चैत धुमारीमा स्थानीय बाजागाँजा ढोल, डमरु, दमाह, रुइसिंग, बिनै, बाँसुरीको धुनमा रमाउने परम्परा युवा पुस्तामा भने छाउन नसकेकोप्रति स्थानीय अगुवा तथा वृद्ध चिन्तित छन्।महोत्सव रमाइलोका लागि भन्दा पनि चैत धुमारीजस्ता संस्कृति युवा माझमा हस्तान्तरण गर्न अभिप्रेरित गर्नुपर्ने स्थानीय संस्कतिका जानकारहरू बताउँछन्।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.