महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिका–८ टाँटरस्थित भागेश्वर माविका प्रधानाध्यापक शेरबहादुर साउँदको उपचारमा आर्थिक अभावले समस्या भएको छ।
उच्च रक्तचापका कारण साउन २९ गते बिहान प्रअ साउँद बिरामी परेका थिए। लगत्तै उनलाई जिल्ला सदरमुकामको डडेल्धुरा अस्पताल लगियो। यहाँ उपचार सम्भव नभएपछि साउँदलाई सोही दिन काठमाडौं लगिएको थियो।
काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आईसीयुमा उपचाररत उनको सफलताका साथ पहिलो शल्यक्रिया सम्पन्न भएको छ। पारिवारिक स्रोतका अनुसार प्रअ साउँदलाई अझै केही महिना अस्पतालमै भर्ना गराई उपचार गराउनुपर्ने भएकाले आर्थिक समस्या आइलागेको हो।
उपचारमा लाखौं खर्च लाग्ने भएकाले सहयोग गरिदिन उनकी श्रीमती लक्ष्मीकुमारी ऐरले सबैलाई आग्रह गरेकी छन्।
सहयोग गर्न निम्न खातामा रकम जम्मा गर्न सकिनेछ
Account Name : Laxmi Kumari Ayer (Global IME Bank Dadeldhura Branch)
Account No : 1908010001514
Contact No : 9848805212 , 9848733414 & 9868554770