नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा अभिकर्ता पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालयले अभिकर्ता पुर्नताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।बिगत ३६ बर्ष देखी बीमा क्षेत्रमा निरन्तर सेवा प्रवाह गरिरहेको कम्पनी नेपालकै पहिलो र अग्रणी जीवन बीमा कम्पनी रहेको महेन्द्रनगर शाखाका प्रमुख नवीन किशोर भट्टले बताएका छन् ।

कार्यक्रममा जीवन बीमा ब्यवशायमा कसरी सफल हुन सकिन्छ भन्ने बारेमा कम्पनीका अभिकर्ताहरू लाई थप जोस र जागरका साथ ब्यवशायमा समर्पित गराउने उद्देश्यका साथ ब्यवशायमा सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्ने बिषयमा महेन्द्रनगर शाखाका मुख्य ब्यवशाय प्रबन्धक राजेन्द्र बहादुर चन्दले आफ्नो भनाइ राखेका थिए । सम्मान कार्यक्रममा बिबिध बिधा अन्तर्गत उत्कृष्ट ब्यवशाय गर्न सफल भएका व्यवसायी अभिकर्ताहरू लाई सम्मान गरिएको थियो।

आर्थिक वर्ष २०७९(८० मा महेन्द्रनगर शाखाबाट उत्कृष्ट बिजनेस गर्न सफल अभिकर्ताहरू लाई ट्रफि र प्रशंसा पत्र सहित सम्मान गरिएको कार्यक्रमका सञ्चालक तथा महेन्द्रनगर शाखाका बरिष्ठ ब्यवशाय प्रबन्धक चन्दले बताए । संजालतर्फ टिम बिजिनेशबाट प्रथम हुन सफल कम्पनीका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द, द्वितीय स्थान प्राप्त गर्न सफल हुनु हुने चिफ बिजनेस म्यानेजर धन सिंह ठगुन्ना र तृतिय स्थान प्राप्त गर्न सफल हुनुहुने चिफ बिजनेस म्यानेजर खडक खाती सम्मानित भएका थिए ।

यस्तै गरि ब्यक्तिगत कोडबाट उत्कृष्ट बिजनेस गर्न सफल भई प्रथम स्थान प्राप्त गर्नु हुने सिनियर बिजनेस म्यानेजर बसन्त राना, द्वितीय स्थान प्राप्त गर्नुहुने सिनियर बिजनेस म्यानेजर नवराज अवस्थी र तृतीय स्थान प्राप्त गर्न सफल हुनुहुने बिजनेस म्यानेजर तारा जोशी अवस्थी लाई पनि सम्मानित गरिएको थियो। महेन्द्रनगर शाखाबाट नेशनल रत्न अवार्ड १७ जनाले प्राप्त गरेका छन् भने १२ जना चेयर पर्सन क्लब पुग्न सफल भएका छन्।

नेशनल लाइफ कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत स्मृति राज कडेल को प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमको अध्यक्षता नेशनल लाईफ ईन्स्योरेन्स कम्पनिका महेन्द्रनगर शाखाका प्रमुख नवीन किशोर भट्टले गर्नु भएको थियो। बिशिष्ट अतिथिमा नेशनल लाईफ ईन्स्योरेन्स कम्पनिका सुदूरपश्चिम प्रदेश प्रमुख उमाकान्त जोशी रहनु भएको थियो।

कार्यक्रममा स्वागत मन्तब्यका साथै जीवन बीमा ब्यवशायमा कसरी सफल हुन सकिन्छ भन्ने बारेमा कम्पनीका ब्यवशाय प्रबन्धक तारा जोशी अवस्थीले आफ्नो भनाइ राख्नु भएको थियो।

सम्बन्धित

Comments are closed.