पहिलो पटक गड्डाचौकी नाकाबाट बन्दागोभी भारत निर्यात

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी नाका भएर पहिलो पटक बन्दोगोभी भारतमा निर्यात भएको छ । प्राय भारतबाट नेपालमा तरकारी आयात हुने गरेकोमा पहिलो पटक नाका भएर बन्दागोभी निर्यात भएको हो । गड्डौचाकीस्थित कञ्चनपुर भन्सार कार्यालयका अनुसार साउनमा एक हजार पाँच सय किलो बन्दागोभी भारत निर्यात भएको छ । भारतीय व्यवसायीले नेपालबाट बन्दागोभी भारत लगेका छन् ।

साउनमा तरकारीको रुपमा बन्दागोभी भारत निर्यात भएको भन्सार कार्यालयका भन्सार अधिकृत तेज बहादुर रावलले बताए । आफु विगतका दिनमा पनि नाकामा रहेर काम गरेको भएर आफनो स्मरणमा भारतमा तरकारी निर्यात भएको तथ्याङक नभएको बताए ।

भन्सार नाका भएर दैनिक भारतबाट तरकारी र फलफूल आयात हुँदै आएको छ । तर अहिले गड्डाचौकी नाका भएर भारतबाट आउने तरकारी र फलफूलको आयात भने ठप्प हुन पुगेको छ । गड्डाचौकीस्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख तालिमका लागि विदेश गएपछि परीक्षण नभएर आयात ठप्प हुन पुगेको हुन पुृगेको छ । भन्सार कार्यालयका अनुसार गडडौचौकी नाका भएर दैनिक दुई गाडी तरकारी र फलफूल आयात हुने गरेको थियो ।

सम्बन्धित

Comments are closed.