महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटामाथि साँघातिक आक्रमण गर्ने मध्ये ५ जनाले आत्मसमर्पण गरेका छन् । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका ६ जनाले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । पक्राउ पर्नेमा कमल रोकाया, प्रविन बोगटी, लेखान्त बुढा, नबिन चन्द, रोहितजङ्ग कुँबर र केशव चन्द छन् । जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेपछि उनीहरु सबैलाई पक्राउ गरी म्याद थपका लागि जिल्ला अदालत लगिएको छ ।
अघिल्लो शनिबार राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं जिल्ला अधिवेशनमा निर्वाचन कार्यक्रम अघि बढाउने क्रममा निर्वाचन समितिका सदस्य देवकोटामाथि एमाले पार्टी कार्यालयमा साँघातिक आक्रमण गरिएको थियो । देवकोटाले आमा कमलाले उनीहरु सहित ७ जना विरुद्ध कर्तव्य ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी छन् । किटानी जाहेरीपछि उनीहरु सबै फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले ६ जनालाई पक्राउ गरी म्याद थपका लागि अदालत लगिएको बताए । ‘जिल्ला प्रहरी कार्यालय नजिकबाट पक्राउ ग¥यौ’ उनले भने ।