महेन्द्रनगर । थारु समुदायको चाडको शुरुवातकोरुपमा लिइने गुरही पर्व आज मनाईदै छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले सोमबार गुरहीलाई थारु समुदायले धुमधामकासाथ मनाउँदैछन् । थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ ।
नागबाबालाई घरको द्वारमा टाँसेर पूजागर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकून् भन्ने नै हो । गुरहीकै दिनदेखि वर्षायाम अन्त्य भई हिउँद शुरुभएको मानिन्छ । तर थारु समाजमा यो तिहारलाई फरक किसिमले लिने गरिन्छ । खेतीपातीको काम भ्याएर सबैजना घरमा फुर्सदिलो भएकाबेला आउने यो पर्व पर्दछ । यसलाई नागपञ्चमीको रुपमा पनि मनाइन्छ ।
थारु समाजमा ‘गुरही, गुर्या’ भनेर मनाइने यस पर्वलाई नेपाली समाजले नागपञ्चमी भनेर मनाउँछ । नागपञ्चमीमा विशेषगरी नेपालीहरु नागबाबाको पूजा–आजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुन्छ । थारु समाजमा पनि ठाउँअनुसार ‘गुरही’ पर्व फरक फरक ढंगले मनाइन्छ ।
किन मनाइन्छ गुरही ?
साँझको समयमा गाईगोरु चरेर गोठमा भित्रिएपछि बडघर भलमन्साको पहलमा गाउँका दाजुभाइ दिदीबहिनीहरु नयाँ कपडा पहिरेर थालमा भुजा, कपडाको रंगीविरंगी गुडीया लिएर गाउँको चौराहातिर लाग्छन् । जहाँ ‘गुरही’ ठटाउने गन्तव्य कायम गरेको हुन्छ । चौराहामा गाउँका भद्र भलादमीदेखि बच्चाबुढासम्म भेला भएका हुन्छन् । चोराहमा गाउँघरका दाजुभाइ, दिदीवहिनी, भद्र भलादमीको उपस्थिति रहन्छ । गाउँका बडघर एकै साँसमा ९एकसंस्सु० डुबो घाँसमा गाँठो पार्छन ।
गाँठो पारिसकेपछि त्यसलाई ठटाउने आदेश दिएपछि जम्मा भएका केटाकेटीहरु त्यसलाई आफुसँग ल्याएको रंगीचंगी कोर्राबाट ठटाउँछन् र “देउ घुघरी” “लेउ घुघरी” को नारा लगाउँछन् । यसरी ‘गुरही’ ठटाउँदा गाउँघरमा विद्यमान रहेका रोगव्याधी र दायन भूतको दुःखबाट छुटकारा पाइन्छ भन्ने विश्वास छ । रहस्यमय विषय केटाकेटी आकारको लुगाको पुतला बनाएर किन चौकमा लगेर ठटाउने गरिन्छ रु यसको राज के हो रु थारु समाजभित्र तिरस्कृत रहेको बोक्सी, अर्ध–गुरुवालाई समाजबाटै वहिस्कृत गरेको यसले संकेत गर्दछ भनिन्छ । तर अर्कोतिर थारु समाजभित्र अन्धविश्वासले गाडेको जडालाई बुझाउँछ ।
‘गुरही’ ठटाइसकेपछि त्यहाँ जम्मा भएका थारु दिदी–वहिनिहरु ‘गुरही’ ठटाएकै ठाउँमा भुजा छर्कने र जम्मा भएकालाई प्रसादकोरुपमा बाँड्ने प्रचलन गरिन्छ । दिदीबहिनीहरुले चना, मकै, केराउ लगायतका परिकारका भुजा प्रसादकोरुपमा बाँड्ने गर्छन् । थालको भुजा न सिद्धिएसम्म जम्मा भएका केटाकेटीहरु भूजा माग्छन् । चौकमा ठटाएको भुजा र कपडाको टुक्राको संकलन गरेर घरतिर लाग्नछन् गुरही ठटाउने सदस्यहरु । ठटाएका ती कपडाको टुक्रा घरको द्वारमा बाँध्दा, भुजालाई घरको छानामा छर्कदा र डुबोलाई घरमाराख्दा घरमा रहेको दुःखकष्ट र सर्प विच्छीहरु घरबाट निस्केर जाने विश्वास गरिन्छ ।
‘गुरही’ लाई ठटाइसकेपछि नदी, कुलोमा अन्त्येष्ठी गरिन्छ । त्यसो गरेमा गाउँघरमा रहेको रोग व्याधी र संकट पानीसँगै बगेरजाने र सुखलाभ प्राप्त हुने विश्वास छ थारु समुदायमा । गुरहीलाई नागपञ्चमीकोरुपमा मनाइने गरेपनि हाम्रा पुर्खाहरुले नागको फोटो लगाएर घरमा पूजागर्ने चलन थिएन । अहिलेका युवा पीढिले देखासेखीमा नागको फोटो घरको मूल ढोकामा टाँस्ने प्रचलन शुरुगरेका छन् ।
Comments are closed.