महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बैठकका लागि सरकारले कुनै बिजनेस भने दिएको छैन । बिजनेस नभएकाले प्रदेशसभा नियमावली संशोधन गर्न समिति प्रस्ताव गर्ने कार्यसूची रहेको सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए ।
जनप्रतिनिधिहरुको आवाज सुनिने थलो प्रदेशसभालाई सरकारले सुरुदेखि नै महत्त्व नदिएको सत्तारुढ दलका सांसदहरुले नै पनि गुनासो गर्दै आएका छन् । ‘कति भन्नु भन्दाभन्दा हैरान भइसक्यो,’ कांग्रेस सांसद मेघराज खड्का भन्छन्, ‘संसद सरकारको प्राथमिकतामै परेन ।
’ हालसम्म सभामुख, उपसभामुखको चयन, मुख्यमन्त्रीको विश्वासको मत प्रयोजन, नीति तथा कार्याक्रम र बजेट बजेटका अनिर्वाय सन्दर्भहरुबाहेक संसद् बैठक चलेको छैन । चालु अधिवेशन असार ३० गते आर्थिक वर्ष ०८०–८१ को बजेट पारित भएयता पहिलो पटक बस्न लागेको हो । हालसम्म प्रदेशसभामा संसदीय समितिका सभापतिसमेत चयन हुन सकेका छैनन् ।
Comments are closed.