कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परेर गम्भिर घाइते भएका कृष्णपुर नगरपालिका–४ किचाइका २८ वर्षीय मदनबहादुर सिंहको मृत्यु भएको हो।

आइतबार दिउँसो भएको सवारी दुर्घटनामा परेर गम्भिर घाइते ती युवकको उपचारका क्रममा मृत्यु भएको हो। कृष्णपुर नगरपालिका–५ क्याम्पस रोडमा म १ क १७७ नम्बरको बस र सुदूरपश्चिम प्रदेश ०१०१२ प ६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर भएको थियो ।

घाइते मोटरसाइकल चालक सिंहको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार अर्का यात्रु घाइते भएका छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित

Comments are closed.