आर्थिक अभावमा पनि “आई केयर यु” ले लगायो सामुदायिक पशुलाई रेडियम बेल्ट

महेन्द्रनगर । पछिल्लो समय पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सामुदायिक पशु चौपायहरुले गर्दा दुर्घटना बढदै गईरहेको छ ।कारण रातीको समयमा सडकमा रहेका पशु चौपायाहरु नदेखिए पछि दुर्घटना बढेको हो ।उक्त दुर्घटनालाई कम गर्न र सामुदायिक पशु चौपायको अकालमा मृत्यु नहोस भनेर “आई केयर यु” नामकसंस्थाले जिल्लामा रेडियम बेल्ट जुन रातीको समयमा लाईटमा चम्किलो बन्ने एक बेल्ट उनिहरुको घाँटीमा लगाई रहेको छ ।

उक्त संस्थाले विगतका दिनहरुका समुदायमा पिडामा रहेका, घाईते, पशु चौपाय, कुकुरहरुको उपचार उद्धारमा सक्रिय भएर लागेको छ । अहिले उक्त संस्थाले रातीको समयमा पशु चौपयाहरुसंग ठोक्किएर हुने दुर्घटनालाई कम गर्न रेडियम बेल्ट बाध्ने कार्यमा लागेको संस्थाका संयोजक बिष्णु पनेरुले जानकारी दिए । अहिले दैजी देखी गड्डाचौकी सम्म बढी सामुदायिक पशु चौपाया रहेको क्षेत्रमा बेल्ट लगाईएको उनले बताए ।

विगत १० दिन देखी ३ सय बढी सामुदायिक पशु चौपायालाई रेडियम बेल्ट लगाएको उनले बताए । “हामी यस्तो समुदायमा बसेका छौ जहाँ आमाको दुध खाएर उनिहरुलाई सडकमा अलपत्र छोडने गरेका छौ” उनले भने, ”सामुदायिक पशु चौपाय भनेका गाई हाम्रा आमा हुन उनिहरुलाई अलपत्र छाडिदिँदा सडकमा बस्न आउँछन, र कतिपय पशुहरु दुर्घटनामा परी अकालमै मर्छन” मानविय क्षती पनि हुन्छ, त्यही भएर रातीमा चम्किने यो रेडियम बेल्ट लगाएर केही हदसम्म दुर्घटना कम होस भन्ने हाम्रो उदेश्य रहेको उनले बताए ।

रातिको समयमा सडकमा ठूलो समूहमा जम्मा हुने चौपाया नदेखिने समस्याका कारण दुर्घटना हुने गरेको उनले बताए । यसरी हुने दुर्घटना न्यूनीकरणका लागि प्रहरीले पशुचौपायामा रेडियम लगाउन सुरु गरेको छ । उनले महेन्द्रनगर बजारसंँगै आसपासका क्षेत्रमा पशु चौपाया बढ्दै गएका कारण दुर्घटना पनि बढ्न सक्ने देखिएको बताए ।

‘सवारीसाधन गुड्ने सडकमा पशुचौपाया भरिएका छन्, यसले यात्रा गर्न मात्रै अप्ठेरो भएको छैन जोखिम पनि निम्त्याएको छ,’ उनले पशु चौपायाको व्यवस्थापनमा पनि सबैले ध्यान दिनुपर्ने बताए । स्थानीय तहको निर्वाचनपछि पालिकाहरूले पशु चौपायाको व्यवस्थापनमा ठूलो रकम खर्चेका छन् ।

तर अवस्था फेरि उस्तै बन्न पुगेको छ । स्थानीयले गाई गोरु छाड्ने क्रम नरोकिएका कारण पशु चौपायाको व्यवस्थापन जनप्रतिनिधिका लागि समेत चुनौतीको विषय बनेको छ । पशु चौपायाका कारण कृषकहरू समेत हैरान भएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.