कञ्चनपुरको सामाजिक संस्था पेसवानले बिद्यालयहरुमा झोला वितरण गर्ने

महेन्द्रनगर । कञ्चनपुरमा रहेको सामाजिक संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) ले बिद्यालयहरुमा झोला वितरण गर्ने भएको छ । कञ्चनपुरमा ३८ वटा र कैलालीमा २ वटा गरी ४० वटा बिद्यालयका विद्यार्थीहरुलाई बिभिन्न शैक्षिक सामग्री सहितको झोला वितरण गर्ने भएको हो ।

मंगलवार एक अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै सम्बन्धित बिद्यालयका प्रधानाध्यापकहरुलाई उक्त विषयमा जानकारी प्रदान गरिएको संस्थाका उपाध्यक्ष पशुपती थापा मगरले जानकारी दिईन् । अहिले कञ्चनपुरमा भीमदत्त नगरपालिकामा २४ वटा, दोधारा चादनी नगरपालिकामा ११ वटा र कैलालीको जानकी गाँउपालिकामा २ वटा बिद्यालयका ६ हजार ७ सय बिद्यार्थीहरुलाई बिभिन्न शैक्षिक सामग्री सहितको झोला वितरणको कार्यक्रम गरिने उनले बताईन् ।

भाद्र महिनाको दोस्रो सातादेखी सबै बिद्यालयमा रातो झोला छात्राहरुलाई र निलो झोला छात्रहरुलाई १९ वटा शैक्षिक सामग्री राखेर वितरण गरिने उनले बताईन् । आफुहरुले बिद्यालय छनौट गर्दा सबै भन्दा बढी दलित, पिछडिएको वर्ग, विपन्न बालबालिका रहेको शैक्षिक संस्था सामुदायिक बिद्यालयलाई छानेर बाल कक्षा देखी कक्षा ८ सम्मका सबै बिद्यार्थी भाईबहिनीहरुलाई उक्त अति उपयोगी झोला वितरण गर्ने संस्थाका उपाध्यक्ष पशुपती थापा मगरले जानकारी दिईन् ।

साथै संस्थाले निकट भविश्यमा कञ्चनपुरका अन्य पालिकामा रहेको ३० हजार बढी बिद्यार्थीहरुलाई यस्तै झोला वितरण गर्ने योजना बनाएको उनले बताईन् । विगतमा पनि वितरण गरिएको झोलाको विषयमा अभिभावक तथा बिद्यार्थीहरु खुशी भएको र उनिहरुले आर्थिक रुपमा विपन्न भएर आफैले झोला किन्न नसक्ने अवस्थामा १९ वटा बिभिन्न शैक्षिक सामग्री सहितको झोला पाउँदा निकै हर्षित भएको संस्थाका उपाध्यक्ष मगरले बताईन् ।

दातृ निकाय चाईन फाउन्डेसनका कार्यक्रम अधिकृत विजय श्रेष्ठले आफुहरुले गरेको अनुगमन तथा तथ्याङकले देखाएको आर्थिक अवस्था कमजोर विपन्न पिछडिएका बालबालिकालाई समेटेर उनिहरुले सहज र नियमति रुपमा बिद्यालयमा जान सजिलो होस भनेर यो झोला वितरण गरिएको बताए । उनिहरुको अध्ययनमा बाधा नहोस र उनिहरुको विकास सही होस भनेर यो कार्यक्रम लागु गरिएको बताए ।

संस्थाले सन २०१५ देखी नेपालका ५४ वटा जिल्लामा २ लाख ५० हजार बढी बिद्यार्थीहरुलाई झोला वितरण गरिसकेको उनले बताए । सुदूरपश्चिमका ३ वटा जिल्ला डडेल्धुरा कञ्चनपुर कैलालीमा अहिले संस्थाले काम गरिरहेको छ ।

सम्बन्धित

Comments are closed.