महेन्द्रनगर । डडेल्धुरामा रहेको महेन्द्र माध्यामिक बिद्यालयले प्रधानाध्यापक शेरबहादुर साउँदको उपचारमा आर्थिक सहयोग गरेको छ । डडेल्धुराको अमरगढी नगरपालिका–८ टाँटरस्थित भागेश्वर माविका प्रधानाध्यापक शेरबहादुर साउँदको उपचारमा आर्थिक अभावले समस्या भएको छ ।
महेन्द्र माध्यामिक बिद्यालयका शिक्षक कर्मचारीहरुले नगद ५० हजार ८ सय ५ रुपैँया सहयोग गरिएको शिक्षक अशोक बहादुर बमले जानकारी दिएका छन् । उच्च रक्तचापका कारण साउन २९ गते बिहान प्रअ साउँद बिरामी परेका थिए। लगत्तै उनलाई जिल्ला सदरमुकामको डडेल्धुरा अस्पताल लगियो। यहाँ उपचार सम्भव नभएपछि साउँदलाई सोही दिन काठमाडौं लगिएको थियो ।
काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आईसीयुमा उपचाररत उनको सफलताका साथ पहिलो शल्यक्रिया सम्पन्न भएको छ । पारिवारिक स्रोतका अनुसार प्रअ साउँदलाई अझै केही महिना अस्पतालमै भर्ना गराई उपचार गराउनुपर्ने भएकाले आर्थिक समस्या आइलागेको हो । उपचारमा लाखौं खर्च लाग्ने भएकाले सहयोग गरिदिन उनकी श्रीमती लक्ष्मीकुमारी ऐरले सबैलाई आग्रह गरेकी छन् ।
सहयोग गर्न निम्न खातामा रकम जम्मा गर्न सकिनेछ
Account Name : Laxmi Kumari Ayer (Global IME Bank Dadeldhura Branch)
Account No : 1908010001514
Contact No : 9848805212 , 9848733414 & 9868554770
Comments are closed.