महेन्द्रनगर । कञ्चनपुरमा रहेको ओसिस मन्टेश्वरीले आफना बिद्यार्थीहरु संग गौरा पर्व मनाएको छ । कन्टेश्वरीमा रहेको सानासाना बालबालिकाहरुसंग सुदूरपश्चिमको मौलिक चाड गौराको अवसरमा बिद्यार्थीहरुलाई आफनो मौलिक परम्परा अनुसार पहिरन सहित आफनो बिद्यालयमा गौरा पर्व मनाएको हो ।

आफनो मौलिक परम्परा, रहनसहन, रितिरिवाजहरु, बिषेश गरेर आफनो संस्कृतीहरु कस्तो हुन्छ हाम्रो मुल्य मान्यता के हो भनेर सिकाई गराउनका लागी नानीबाबुहरुलाई आज यो पर्वको बारेमा जानकारी प्रदान सहित यो पर्वको मौलिक मान्यता के हो ? किन मनाईन्छ ? भनेर सिकाई होस भनेर आज यो पर्व मनाईएको मन्टेश्वरीका प्रिन्सीपल सरस्वती चन्द भट्टले जानकारी दिईन् ।

हामीले मनाउने हाम्रा मौलिक परम्परा चाड पर्वहको विषयमा जानकारी दिन र उनिहरुले यहाँ सिकेका कुराहरु आफनो घरमा पनि लागु गरुन र आफनो मानसकितामा राखेर यो विषयको बारेमा अनबिज्ञ नहुन भनेर गौरा पर्व मनाईएको मन्टेश्वरी फाउन्डर सबिना भट्टले बताईन् । गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ ।

पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ । पाँच प्रकारका वनस्पति जोडेर गौरीदेवीको प्रतिमा बनाएर अष्टमीका दिन गौरा घर वा गौरा मन्दिर भित्राएर पूजा अर्चना गरी सेलाउने प्रचलन छ ।
Comments are closed.