संविधान सभाका अध्यक्ष नेम्वाङको अन्त्येष्टि बिहीबार हुने

महेन्द्रनगर । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीबार) बिहान ११ बजे हुने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो । सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय गरेको छ ।

एमालेले पनि शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ । एमालेले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ । बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन् ।

१५ दिन अघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौं पुग्नेछन् । छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यलय च्यासलमा राखिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेम्वाङका २ छोरी र २ छोरा छन् । छोरीहरू भने काठमाडौंमा नै छन् । नेम्वाङको हृदयघातका कारण सोमबार राति १ बजेर ४० मिनेट जाँदा निधन भएको थियो । शिक्षण अस्पतालले नेम्वाङलाई अस्पताल पु¥याउँदा उनीमा जीवनसम्बन्धी कुनै चाल नदेखिएको बताएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.