कञ्चनपुरमा डेंगुका बिरामी घटे स्क्रब टाइफसका बढे्

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय डेंगुका बिरामी संख्या घटेको पाईएको छ भने, स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङक अनुसार जिल्लामा अहिले मंगलवार सम्म डेंगुका बिरामीको संख्या १ सय ५७ रहेको छ भने, स्क्रब टाईफसका बिरामीको संख्या २ सय २७ रहेको छ ।

जिल्लामा सबै भन्दा बढी भीमदत्त नगरपालिकामा स्क्रब टाइफसका देखिएका छन् । भीमदत्त नगरपालिकामा १ सय ६७ जनामा स्क्रब टाइफस देखिएको वरिष्ठ स्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन् । मंगलवार सम्म शुक्लाफाँटा, दोधार चाँदनी, बेलडाँडीमा स्क्रब टाईफसका बिरामीको संख्या शुन्य रहेको छ भने, मन्त्र अस्पतालमा चेकजाँच गर्न आउनेमा ३३ जनामा स्क्रब टाईफस देखिएको उनले बताए ।

यस्तै, पुर्नवास नगरपालिकामा १० जना, बेलौरी नगरपालिका ६ जनामा स्क्रब टाईफस देखिएको स्वास्थ्य प्रमुख पन्तले बताए । कृष्णपुर नगरपालिकामा ८ जना, लालझाडी गाउँपालिकामा २ जना, वेदकोट नगरपालिकामा १ जना गरी जिल्लामा २ सय २७ जनामा स्क्रब टाईफस देखिएको उनले बताए । अहिले दैनिक १० देखी १२ जना स्क्रब टाइफसका बिरामीहरु उपचार गर्न आउने गरेकोे महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर अर्जुन भट्टले बताए ।

जिल्लामा अहिले डेंगु घटेको भएपनि स्क्रब टाइफसका बिरामीको संख्या बढेको उनले बताए । मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने नसर्ने उनले बताए । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्ने र प्राायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने उनले बताए ।

स्क्रब टाइफस भएका मानिसहरुमा धेरै जरो आउने १०४ डिग्री भन्दा बढि र काम जरो समेत आउने हुन्छ । धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने , विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने,समयै उपचार नभएका कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्नु सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुन सक्ने डाक्टर भट्टले बताए ।

किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिन सक्छ । टोकेको ठाँउमा पछि गएर कालो दाग बस्न सक्छ । खेतीवारीमा काम गर्दा, वनजगंल झाडीमा जादा तथा घास काट्न जादाँपुरा शरिर ढाकीने कपडा लगाउने संभव भए बुट लगाउने, घासबारी वा चौर मा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुईमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने डाक्टर अर्जुन भट्टले बताए ।

सम्बन्धित

Comments are closed.