पेट्रोल र डिजेलको मूल्य घट्यो

महेन्द्रनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आइतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजल÷ मट्टीतेलको भाउ प्रतिलिटर पाँच रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

भारतबाट भाउ घटेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाण्डौ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ पर्नेछ भने डिजलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ ।

दशैँको मुखैमा पेट्रोलियम पदार्थको भाउ घट्दा उपभोक्तालाई केही भए पनि राहत भएको छ । यसअघि गएको १५ गते निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको थियो । तर चौतर्फी आलोचना भएपछि सरकारको निर्देशनमा निगमले मूल्यवृद्धि फिर्ता लिएको थियो ।

भारतबाट भाउ घटबढ भएका आधारमा नेपालमा पनि घटबढ हुनेगरी निगमले स्वचालित मूल्य प्रणाली लागू गरिरहेको छ ।

सम्बन्धित

Comments are closed.