प्रधानमन्त्री दाहाल : इजरालयमा बेपत्ता कञ्चनपुरका विपिनको खोजी गर्दैर्छौँ

महेन्द्रनगर । इजरायलमा बेपत्ता कञ्चनपुरका विपीन जोशीको खोजी कार्य भइरहेको प्रधानमन्त्री पुष्प कमल दाहालले बताएका छन् । बेपत्ता बिपिनको खोजी कार्य तीब्र पारिएको उनले बताएका हुन् । कैलालीको चौमालास्थित गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले दाहालले इजरायल लगायत वरिपरिका देशमा पनि बिपिनको खोजी भइरहेको बताए ।

प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । सोहि क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–३ का जोशी अहिलेसम्म बेपत्ता छन् । प्रधानमन्त्री दाहालले अहिले इजरायलमा मात्र नभइ हमास आबद्ध देशहरुमा पनि खोजी भइरहेको बताए ।

‘वरिपरिका सबै देशहरु र हमाससँग सम्बन्धित देशमा पनि खोजी भइरहेको छ पहल भइरहेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘मलाई विश्वास छ चाँडै उहाँ फिर्ता हुनुहुनेछ ।’ गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर प्रधानमन्त्री दाहाल समाजवादी मोर्चाको कार्यक्रममा सहभागि हुन धनगढी पुग्दैछन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.