प्रहरीले धनगढीमा रहेको एक पसलमा चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । धनगढीको मुख्य सडकमा रहेको आरबी फेन्सी पसलमा चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले चोरी भएका सर्ट, पाईन्ट, विभिन्न कम्पनीका जुताहरु टाउजर, बेल्ट र चोरीमा प्रयोग भएको से. ७ प. ६८५६ नम्बरको स्कुटर सहित ६ जनालाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ का बिबेक बोहरा, असिन सिंह, अबिनब खडका, आयुष गौतम, दिपक राज श्रेष्ठ, धर्म राज उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय कैलाल प्रवक्ता दक्ष कुमार बस्नेतले जानकारी दिएका छन ।
चैत्र १० गते राती धनगढी उपमहानगरपालीका १ स्थित आरबीफेन्सी पसलमा अज्ञात समुहले पसलको लुगा कपडा र नगद गरी अन्दाजी ८ लाख बराबर चोरी गरेका थियो ।
Comments are closed.