सोमबार नेपाल पत्रकार महासंघ कंचनपुर शाखाले कंचनपुर जिल्लाका प्रिन्ट मिडिया संचालक तथा सम्पूर्ण पत्रकारहरु लाइ पत्रपत्रिकाहरु प्रकाशन बन्द गर्न आह्वान गरेको छ ।
विश्वभरी महामारी को रुपमा फैलिरहेको कोरोना भाइरसको महामारी बाट बच्न सरकारले सम्पुर्ण नागरीकहरुलाइ सेल्फ क्वारेन्टाइनमा रहन र उच्च सतर्कता अपनाउन गरिरहेको निर्णयलाई आत्मसात गर्दै वर्तमान अवस्थामा देखिएको कागजको अभावका साथै छापाखाना का कामदारहरु समेत क्वारेन्टाइन मा बस्नुपर्ने कारण देखाउदै महामारी को प्रभाव न रोकिए सम्म पत्रपत्रिका प्रकाशनको काम बन्द आह्वान गरेको छ ।
कंचनपुरका संचारकर्मी हरुलाइ घरमै क्वारेन्टाइन मा रहन र घरबाटै सामाजिक संजाल तथा अनलाइन मार्फत समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ ।
साथै प्राय जसो मानिसहरू ले माइक्रोफोनमा बोल्दाखेरि थुकका छिटाहरु माइक्रोफोन मा पर्ने सोहि माइक्रोफोन आफुतिर फर्काएर बोल्दा अन्तर्वार्ता लिने पत्रकार पनि जोखिममा पर्न सक्ने भन्दै भिडभाड नगरि सकेसम्म टेलिफोन बाटै सुचना लिइ समाचार सम्प्रेषण गर्न रेडियोकर्मी पत्रकारहरु लगायत सबै सम्पुर्ण संचारकर्मीहरुलाइ लाई अनुरोध गरिएको नेपाल पत्रकार महासंघ कंचनपुर शाखाका अध्यक्ष विष्णु अवस्थीले बताए ।