६८ औँ नेपाल बार दिवस भव्यताका साथ सम्पन्न

महेन्द्रनगर । विकृती विसंगती तथा भ्रष्टाचार मुक्त न्यायपालिका व्यवसायिक हक, प्रतिष्ठा र पेशागत मर्यादा मुल नारासहित ६८ औँ नेपाल बार दिवस कार्यक्रम सम्पन्न भएको छ । उच्च अदालत बार एशोसिएसन महेन्द्रनगर, कञ्चनपुर जिल्ला अदालत बार एशोसिएसन र कैलाली जिल्ला अदालत बार एशोसिएसनको संयुक्त आयोजना नव आगन्तुक उच्च अदालत महेन्द्रनगरका माननीय न्यायधिस दिनेश प्रसाद यादवको स्वागत कार्यक्रम पनि कार्यक्रम सम्पन्न भएको हो ।

शनिबार उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरको सभाहलमा कार्यक्रम आयोजना गरेर ६८ औँ बार दिवस एवम स्वागत कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरका अध्यक्ष यज्ञ राज जोशीको सभापतित्व रहेको थियो भने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टको प्रमुख आतिथ्य रहेको थियो ।

उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरका अध्यक्ष यज्ञ राज जोशीले सम्पूर्ण कानुन व्यवसायीलाई शुभकामना दिँदै अदालत र बारबीच सुमधुर सम्बन्ध हुनुपर्ने धारणा राखेका थिए । उनले बार लाई स्थापना गर्दा सुरुवातमा आफनो समय आफनो सम्पुर्ण जिवन व्यतित गर्नु भएका सस्थापकहरुलाई पनि स्मरण गरिनु आवस्यक रहेको बताए ।

उनले आफना गुरुहरुले गर्दा नै आफुहरुले अहिले यो दिवस मनाउन पाएको बताए । कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले ६८ औँ बार दिवसको शुभकामना दिँदै मन्त्रालयले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, लोकतन्त्र र पेसागत हकहित तथा मर्यादालाई केन्द्रमा राखेर बार एसोसिएसनले काम गर्न कार्यक्रमका सहभागीहरूले सुझाव पनि दिएका छन् ।

१३ हजार भन्दा बढी सदस्य रहेको सम्मानित यो संस्थामा सबैले आफनो कर्तव्यलाई नभुलेर कार्य गर्न आग्रह गरे, यस्तै आफनो धारणा राख्दै बिशिष्ट अतिथी एवम उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका मुख्य भई काम गर्ने न्यायधिस दिनेश कुमार यादवले आफुले जिल्लामा रहँदा आफनो कर्तव्य, जिम्मेवारीमा रहेर कार्यगर्ने बताए ।

साथै उनले यो समयममा सबैले आफनो क्षेत्रबाट समन्वय साथ र सहयोग गरेर अगाढी बढयो भने, कार्य सक्पादनमा पनि सहज हुने बताए । साथै पुर्व वक्ताहरुले भनेका विषय जानकारीहरु र उहाँहरुको विचारलाई आत्मसाथ गरेर अगाढी बढने बताए । कार्यक्रमको सञ्चालन उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरका सचिव बिर बहादुर बिष्टले गरेका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.