महेन्द्रनगर। । मुगुको सोरू गाउँपालिका वडा नम्बर ९ खनैयाँस्थित स्वास्थ्यचौकीमा भएको जातिय विभेदका २ जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । २३ वर्षीया अनमी तुलसाकुमारी विश्वकर्मा लाई जातिय विभेद गरेको भन्ने निवेदनका आधारमा अहिले दुई जनालाई पक्राउ गरिएको हो ।
उनले विगत ११ महिनादेखि विभेद भोगिरहेको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन् । उनले कानुनी लडाइँ लड्ने बताएकी छन्। उनले आइतबार जिल्ला प्रहरी कार्यालय मुगुमा उजुरी दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार तुलसाकुमारीले जातीय विभेदको जाहेरी दिएकी हुन्।
उनले सोरू गाउँपालिका वडा नम्बर ९ की ५४ वर्षीय झ्यापु शाही, सुरजकुमार शाही र सोही पालिकाको वडा नम्बर ६ का धनप्रसाद भट्टविरूद्ध जाहेरी दिएकी छन्। उनले जातीय भेदभाव तथा छुजाछुत कसुरमा जाहेरी दिएकी छन्।
सोहीअनुसार धनप्रसाद भट्ट र झ्यापु शाही आइतबार बिहानै पक्राउ परिसकेका छन्। जिल्ला अदालत मुगुमा मुद्दासमेत दर्ता भइसकेको प्रनाउ थापाले जानकारी दिए।