महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने दोधारा चाँदनीमा आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने पौष १८ गते दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आउने कार्यक्रम तय गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापती पुरन कुमालले जानकारी दिएका छन् ।
सम्भवत दोधारा चाँदनी नगरपालिका– ७ का कञ्चनभोज क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले एक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ् । स्थानको लागी अहिल सम्म तय भने भईसकेको छैन् । पार्टीको नेता, कार्यकर्ता तथा स्थानियहरुलाई भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने दोधारा चाँदनी आउने राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापती पुरन कुमालले बताएका छन् ।
कार्यक्रमलाई भब्य, सभ्य बनाउन तयारी सुरु गरिएको छ । शुदुरपश्चिममा आउदो १८ र १९ गते दुई दिनको लागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने आउने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।