परराष्ट्रमन्त्री साउद: विपिन जोशीको रिहाइका लागि शक्ति राष्ट्रहरूलाई पनि भनेका छौँ

महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका वीपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्। महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरुसँग निरन्तर पहल गरिरहेको बताए।

इजरायल सरकारसँग पनि वीपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेको र प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग आफैँ गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग रिहाईको लागी आग्रह गरेको उनले बताए । उनले दोस्रो युद्ध विराममा विपिनको रिहाइ हुनेमा आश्वस्त पारे। त्यस अवसरमा विपिनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी वीपिनको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गरेका थिए।

उनले कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ भने दोस्रो युद्ध विराममा वीपिन सकुशल फर्किने अपेक्षा गरिएको बताए । पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी रहेको जानकारी दिए । उनले नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे ।

मन्त्री साउदले अहिले छिमेकीसँगको सम्बन्धसमेत सन्तुलित रुपमा अघि बढिरहेको दाबी गरे। “अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्तै कटुटता आएको जस्तो देखिन्थ्यो”, मन्त्री साउदले भने, “परराष्ट्र नीति छमेकीहरुलाई प्राथमिकता दिएर सन्तुलित रुपमा अघि बढिरहेको छ।”

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमण भएपछि १० वर्षमा १० हजार मेगावाट विद्युत नेपालले भारतलाई बिक्री गर्ने र २५ वर्षसम्म भारतले विद्युत् खरिद गर्ने विषयमा दुईदेश बीचसम्झौता भएको उल्लेख गरे।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.