विपिन जोशीको रिहाइका लागि इसराइलका राजदूतसँग अपिल

महेन्द्रनगर । सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवनरक्षा र रिहाइका लागि अपिल गरेका छन् । नेपालका लागि इसराइली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरवारमा बुधबार भएको भेटमा सभामुख घिमिरेले जोशी निर्दोष रहेको बताउँदै रिहाइका लागि अपिल गरेका हुन् ।

‘नेपालको संसद र मेरो व्यक्तिगत अपिल पनि के छ भने जोशीको सकुसल रिहाइ हुनुपर्छ,’ उनले भने, सभामुख घिमिरेले प्रतिनिधि सभामा जोशीको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरु इसराइलमा शीघ्र शान्तिको पक्षमा रहेको बताए।हमासले युद्धमा सामेल नभएका इसराइली र विदेशी गरी दर्जनौं मुक्त गर्दा पनि जोशीलाई बन्धक नै बनाएको छ।

गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि जोशी सकुसल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धकमुक्त नहुनु दुःखद रहेको बताए । उनले जोशी व्यक्तिगत रूपमा पनि परिचित रहेको उल्लेख गर्दै उनको परिवारलाई नियमित पारिश्रमिक व्यवस्था गरेको जानकारी दिए । राजदूत गोल्डवेरगरले जोशीको जीवनरक्षाबारे संसदीय समितिले ‘नोट’ जारी गरेको स्मरण गर्दै संसदबाट पनि संकल्प प्रस्ताव पारित गरे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट हुने धारणा राखेका थिए ।

भेटमा दुई मुलुकबीचको सम्बन्ध, कृषि प्रबर्द्धन लगायतका विषयमा छलफल भएको समामुखको सचिवालयले जनाएको छ ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.