महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले समस्याग्रस्त सहकारीहरुको समस्या सम्बोधन गर्न व्यवस्थित प्रस्ताव लिएर आउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले सहकारीमा समस्या हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएको भन्दै समस्या समाधानका लागि पहल लिन अर्थमन्त्रालयलाई निर्देशन दिएका हुन् ।
सोमबार सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री दाहालले सहकारीले घर न घाटको बनेका नागरिकहरुको पीडामा मल्हमपट्टी गर्ने गरी समाधानको उपाय खोज्न आग्रह गरे ।
सहकारीको समस्या छिटो समस्या नगर्दा लाखौं निक्षेपकर्ता प्रताडित भएका छन्, उनीहरू घर न घाटको भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने रु त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्,प्रधानमन्त्री दाहालको भनाइ थियो ।छलफलमा अर्थमन्त्री प्रकाशशरण महतले सहकारीको निश्चित सिलिङभन्दा माथिको नियमन नेपाल राष्ट्र बैंकले गर्ने गरी निर्णय गरेर जानुपर्ने बताएका थिए ।
Comments are closed.