नेपाली काँग्रेसका प्रमुख सचेतक लेखकद्धारा महाकाली करिडोरको निरिक्षण

महेन्द्रनगर । ब्रहमदेबदेखि डडेल्धुरासम्मको परशुराम सडकको निरिक्षण गरिएको छ । गरेका छन् । नेपाली काँग्रेसका प्रतिनिधि सभामा प्रमुख सचेतक तथा राष्ट्रिय सभा निर्वाचन २०८० का लागि सत्तापक्ष गठबन्धन केन्द्रिय समन्वय समितीका सयोजक पुर्ब भौतिक पुर्बाधार मन्त्री रमेश लेखकसहित सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्यले ब्रहमदेबदेखि डडेल्धुरासम्मको परशुराम सडकको निरिक्षण गरेका छन् ।

सुदूरपश्चिमम प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री प्रकाश बहादुर देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिबराज भट्ट, सुदुरपश्चिम प्रदेश सभाका सदस्य तथा पुर्ब मन्त्री प्रकाश रावल, माननीय बेल बहादुर राना, ओम बिक्रम भाट, भिमदत्त नगरपालिकाका मेयर पदम बोगटी सहितको टोलिले महाकाली कोरिडोर सडक खण्डको कन्चनपुर ब्रहमदेब देखि डडेल्धुराको परशुराम नगरपालिका सम्मको ३२ किलोमिटर सडक खण्डको स्थलगत निरक्षण गरेका हुन् ।

उक्त टोलिले पछिल्लो समयमा कोरिडोरको निर्माण कार्यको प्रगती अवस्थाको बारेमा निर्माण ब्यवसायी र आयोजना प्रमुख ईन्जिनियर लक्ष्मण जोशी सँग कुरा गरे । आयोजना प्रमुख ईन्जिनियर लक्ष्मण जोशले महाकाली कोरिडोर अन्तर्गत डडेल्धुरा सडक खण्ड अन्तर्गत साँदनी देखि कुडा सम्मको ५ कि मि सडक यसै आ बा मा कालोपत्रे हुने र दार्चुल्ला खण्डमा ३२ कि.मि.को ठेक्का व्यवस्थापन भै निर्माण कार्य भै रहेको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभामा प्रमुख सचेतक तथा पुर्ब भौतिक पुर्बाधार मन्त्री रमेश लेखकले दोदधरा चाँदनी देखि डडेलधुरा, बैतडी, दार्चुल्ला टिंकर हुँदै चीन सँग जोडने त्रिदेशिय महाकाली कोरिडोर सडक निकै रणनीतिक महत्वको सडक भएको बताए । यो कोरोडिर निर्माण भएपछी सुदुरपश्चिम प्रदेशको आर्थिक गतिबिधी, धार्मिक गतिविधि, बिकास, समृद्धि र समुन्नतिको मार्गका रुपमा हुने बताए ।

यो कोरिडोरमा कचनपुरको शिध्द्नाथ, डडेल्धुराको पर्शुराम र बैतडीको मेलौली भगवती लगायतका धार्मिकस्थलहरु यसै कोरिडोरमा पर्ने हुँदा धार्मिक पर्यट्किय र प्रर्याबरणिय पर्यटनको बिकासका लागि पनि यो कोरिडोर चाडोभन्दा चाडो निर्माण गर्नु आफुले सघिय सरकार र मन्त्रालय सँग निरन्तर दबाब दिईरहेको बताए। साथै यो कोरिडोर तीन बर्ष भित्र दार्चुला पुने बताए।

अनुगमनका क्रममा सुदुरपश्चिम प्रदेशका भौतिक पुर्बाधार बिकास मन्त्री माननीय प्रकाश बहादुर देउवाले महाकाली कोरिडोर कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुल्ला जिल्लाको लागी रुपान्तरणकारी आयोजना भएकाले यसको निर्माणले बिकास र यस क्षेत्रका जनताको जिवनस्थरमा सुधार ल्याउने भएकाले चाडो निर्माण हुनु पर्ने र यसका लागि आफुले र प्रदेश सरकारले सघिय सरकार सग चाडो निर्माण गर्न आग्रह गरे ।

महाकाली करिडोरको अनुगमन तथा परशुराम धाममा माघी स्नानका लागि कांग्रेस प्रमुख सचेतक लेखक संग सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट, प्रदेश सभा सांसदत्रेय मधु भारती, प्रकाश रावल र ओम विक्रम भाट (सरल), नेपाली कांगेस कञ्चनपुरका पार्टी सभापति एवं भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी उपप्रमुख तुलसी जोशी लगायत नेता तथा कार्यक्रताहरुको जम्बो टोली नै यात्रामा हिडेको थियो ।

महाकाली करिडोर अन्तर्गत कञ्चनपुर देखि दार्चुला खण्डमा हालसम्म दुई सय ४१ किलोमिटर ट्र्याक खोलिएको छ । अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ । करिडोर बनेपछि सुदूरपश्चिमको कायाकल्प हुने यस क्षेत्रका स्थानीयको विश्वास छ । विसं. २०६५÷०६६ देखि महाकाली करिडोरको काम थालिएको भए पनि दशक बितिसक्दा पनि सम्पूर्ण सडकको ट्र्याक खुलेको छैन ।

कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विकट क्षेत्र जोड्दै चीनको सिमानासम्म पुग्ने यो सडकले सुदूर पहाडको आधाभन्दा बढी भूभागलाई तराईसँग जोड्ने छ ।

सम्बन्धित

Comments are closed.