आज को मौसम, यस्तो छ पूर्वानुमान

महेन्द्रनगर ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मुख्यतया मौसम सफा रहेको छ ।

मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत अधिकांश तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ । राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली हुनका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हुस्सु, कुहिरो र हिमपातका कारण तापक्रम घट्ने हुँदा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.