कैलालीको गोदावरी नगरपालिकामा एक वडाबाट अर्को वडामा जान नपाईने

गोदावरी नगरपालिकामा आज देखि एक वडाबाट अर्को वडामा जान नपाईने भएको छ । गोदावरी नगरपालिकाले आईतबार एक सूचना जारी गर्दै नगरभित्र एक वडाबाट अर्को वडामा जान नपाउने निर्णय गरेको जानकारी गराएको हो ।

विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्न सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउँन नगरपालिकाले यस्तो निर्णय लिएको जनाएको छ ।

‘लकडाउनलाई थप प्रभाबकारी बनाउन नगरपालिकाले एक वडाबाट अर्को वडामा जान नदिने निर्णय गरेको हुँदा सो कार्यमा सहयोग पु¥याउन सबैमा अपिल गर्दछौ ।’ नगरपालिकाले भनेको छ ‘एक वडाबाट अर्को वडामा जानै परे नगरपालिका सँग समन्वय गर्न पनि हार्दिक अनुरोध गर्दछौ ।’

गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले लकडाउनलाई प्रभावकारी बनाउन नगरभित्रमा पनि एक वडाबाट अर्को वडामा जान रोक लगाएको बताए । उनले सुदूपश्चिममै सबैभन्दा बढी जोखिम भएको क्षेत्र गोदावरी नगरपालिका भएकाले यस क्षेत्रमा अझै उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताए ।

‘यो क्षेत्र सुदूरपश्चिमको प्रवेशद्धारका रुपमा रहेकोले लुकिछिपि आवतजावत गर्ने मानीसहरुले पनि यसै ठाउँलाई प्रयोग गर्न सक्ने जोखिम बढी छ ।’ नगरप्रमुख साउँदले भने – ‘यो क्षेत्रको शुरक्षालाई ध्यानमा राखि नगरपालिकाले एक वडा बाट अर्को वडाको पनि आवतजावत बन्द गर्नुपरेको हो ।’

सम्बन्धित

Comments are closed.