यस्तो छ विहिवार सुदूरपश्चिम प्रदेशको मोसमको अवस्था

महेन्द्रनगर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहँदा देशका विभिन्न भागमा वर्षा र हिमपात भइरहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली भई हल्का वर्षा र हिमपात भइरहेको छ। मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

आज धनगढी लगायत तराइका विभिन्न क्षेत्रमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी केही भागमा फाटफुटदेखि हल्का वर्षा भइरहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित

Comments are closed.