डोटीमा गोली प्रहारबाट युवतीको हत्या

गोली प्रहारबाट डोटीमा एक युवतीको हत्या गरिएको छ । जोरायल गाउँपालिका ४ देउथलाकी युवतीको गोली प्रहार गरी हत्या गरिएको हो । भरुवा बन्दुकको गोली लागेर स्थानिय २० वर्षीया अनिता वनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक दिलिप सिं देउवाले भरुवा बन्दुबाट गोली हानेर युवतीको हत्या भएको बताए ।
उनले हत्या गरेको आशंकामा मृतकका श्रीमान खडक वनलाई पक्राउ गरेको बताए ।

डडेल्धुराको भागेश्वर गाउँपालिका ५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खडकको गत फाल्गुन १३ गते भागी विवाह भएको र फाल्गुन २९ गते सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.